मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

गीता चौधरीको मन्त्रालयले पायो ६१ अर्ब बजेट

शुक्रबार, १५ जेठ २०८३, १७ : ३२
शुक्रबार, १५ जेठ २०८३

काठमाडौँ । कृषि वन तथा पर्यावरण मन्त्रालयले ६१ अर्ब २३ करोड रुपैयाँ बजेट पाएको छ ।  शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । 

यसमध्ये कृषितर्फ ४६ अर्ब ९३ करोड र वन तथा वातावरणलाई १२ अर्ब २१ करोड दिइएको छ । यो मन्त्रालयमा साबिकको कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरण मन्त्रालय गाभिएका छन् । गीता चौधरीले यो मन्त्रालय सम्हालिरहेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप