मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय सुरक्षा नीति पुनरवलोकन गरिने, अनुसन्धान प्रभावकारी बनाउन प्रविधि प्रयोग गर्ने घोषणा

शुक्रबार, १५ जेठ २०८३, १८ : ११
शुक्रबार, १५ जेठ २०८३

काठमाडौं । सरकारले राष्ट्रिय सुरक्षा नीति २०७५ लाई पुनरवलोकन गर्ने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसदको दुवै सदनमा बजेट पेस गर्दै राष्ट्रिय सुरक्षा नीति पुनरवलोकन गर्ने बताएका हुन् । 

अर्थमन्त्री वाग्लले प्रहरीको अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड दिने बताए । प्रहरीको विधिविज्ञान प्रयोगशाला र अनुसन्धानमा कृत्रिम बुद्धिमता (एआई)को प्रयोगका लागि लगानी वृद्धि गर्ने डा. वाग्लेले बताए ।

उनले भने, ‘प्रहरीको भौतिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप