मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

रुपन्देही क्रिकेट संघको अध्यक्षमा हरि बहादुर थापा पुनः निर्वाचित

मङ्गलबार, २६ जेठ २०८३, ०९ : १८
मङ्गलबार, २६ जेठ २०८३

बुटवल । रुपन्देही क्रिकेट संघको ३०औं वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनबाट हरि बहादुर थापा पुनः अध्यक्षमा निर्वाचित भएका छन्।

गएराति सम्पन्न मतगणनाअनुसार कुल ११९ मतमध्ये थापाले ६९ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी शक्ति गौचनलाई २० मतान्तरले पराजित गरे। गौचनले ४९ मत प्राप्त गरे।

उपाध्यक्ष पदमा खेमराज भुसाल ६९ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी सञ्जीव जोशीले ५० मत पाए। सचिव पदमा उदय कुमार मल्लिक ६८ मतसहित निर्वाचित हुँदा प्रथम पराजुलीले ५१ मत प्राप्त गरे।

त्यसैगरी कोषाध्यक्षमा धिरज अधिकारी क्षेत्री ७७ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी सत्यजित सरकारले ४१ मत पाए।

महिला सदस्य पदमा उमा अधिकारी ७७ मतसहित निर्वाचित हुँदा आलिसा केसीले ४२ मत प्राप्त गरिन्।

सदस्य पदतर्फ प्रशान्त विक्रम मल्ल (८९), निरज प्रताप खाँण (७३), पुनित पोखरेल (६७), विजय सिंह ज्ञवाली (६४), अन्तिम थापा (५९), मनोज भण्डारी (५९), ज्वालेश प्रसाद प्रधान (५८), भुवन पाण्डे (५६), ताराप्रसाद पाठक (५६) र कृष्ण कुमार कुवँर (५२) निर्वाचित भएका छन्।यश अधिकाे निर्वाचन पनि गाैचन र थापा विच नै प्रतिश्पर्धा भएको थियोे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप