ललितपुरमा भन्सार छलीका तीनवटा गाडी बरामद, बेच्न खोज्ने दुई जना पक्राउ
ललितपुर । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले भन्सार छलेर ल्याइएका तीनवटा चारपाङ्ग्रे गाडीसहित दुई जनालाई पक्राउ गरेको छ।
भारतबाट भन्सार छली ल्याएर बिक्री वितरण गर्न लागिएको अवस्थामा प्रहरीले उनीहरूलाई गत शुक्रबार ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
ललितपुर महानगरपालिका वडा नम्बर ५ कुसुन्तीमा भन्सार छलीका गाडीहरू बेच्नका लागि राखिएको भन्ने विशेष सुराकी प्रहरीले पाएको थियो। सोही सूचनाका आधारमा अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उक्त स्थानमा छापा मारेको थियो। प्रहरीले घटनास्थलबट तीनवटा गाडी नियन्त्रणमा लिएको छ। बरामद गरिएका सवारीसाधनहरूमा निसान कम्पनीको ‘एक्स-ट्रेल’ एक थान, निसान कम्पनीकै ‘सेफिरो’ एक थान र हुन्डाई कम्पनीको ‘क्रेटा’ एक थान रहेका छन्।
भन्सार छलीका गाडीसहित पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर १७ स्थायी घर भई हाल ललितपुरको कुसुन्ती बस्ने ६९ वर्षीय विश्वचन्द्र वादे श्रेष्ठ र ललितपुर महानगरपालिका वडा नम्बर १२ लगनखेलका ५३ वर्षीय नवीन जिसी रहेका छन्। प्रहरीका अनुसार श्रेष्ठलाई गाडीहरू राखिएको स्थान कुसुन्तीबाटै पक्राउ गरिएको हो भने जिसीलाई ललितपुरकै वडा नम्बर १४ थसीखेलबाट पक्राउ गरिएको हो।
पक्राउ परेका दुवै जनालाई बरामद गरिएका तीनवटै गाडीसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि पठाइएको छ। उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए। घटनाको विषयमा भन्सार कार्यालयले थप अनुसन्धान अगाडि बढाउनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण