दुई दशकमा दुई पटक कारागारबाट भागेका ५८ वर्षीय मौर्य अन्ततः प्रहरीको नियन्त्रणमा
कपिलवस्तु। कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका बेला दुई फरक-फरक कारागारबाट दुई पटकसम्म भाग्न सफल भएका एक कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ।
जिल्लाको साबिक उदयपुर गाउँ विकास समिति वडा नम्बर ८ तथा हालको महाराजगन्ज नगरपालिका वडा नम्बर ६ बन्जरिया बस्ने ५८ वर्षीय राम जैस मौर्यलाई प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट पक्राउ गरेको हो।
मौर्यको अपराध र कारागारबाट भाग्ने शृङ्खला लामो समयदेखि चल्दै आएको थियो। कर्तव्य ज्यान मुद्दामा सम्मानित कपिलवस्तु जिल्ला अदालतको मिति २०६३ माघ २२ गतेको फैसलाले उनलाई ५ वर्ष कैद र मिति २०६५ माघ ६ गतेको फैसलाले २० वर्ष जन्मकैदको सजाय सुनाएको थियो। उक्त फैसलापछि उनलाई बाँकी कैद सजाय भुक्तानका लागि जिल्ला कारागार कपिलवस्तु पठाइएको थियो। तर, मौर्यसहित आठ जनाको समूहले मिति २०६६ माघ १ गते राति १ बजे कारागारमा सुरुङ खनेर फिल्मी शैलीमा फरार भएका थिए।
कारागारबाट थुनुवा भागे भगाएको उक्त मुद्दामा अदालतले सुनुवाइ गर्दै मिति २०६८ जेठ १० गते मौर्यलाई थप २५ वर्ष ३ महिना ३ दिन कैद सजाय तोकेको थियो। यसैबिच, तत्कालीन पुनरावेदन अदालत बुटवलको मिति २०६९ असोज १५ गतेको फैसलाले उनको कैद लगत संशोधन गर्दै कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद हुने गरी फैसला गरेको थियो।
सुरुङ खनेर भागेका मौर्यलाई प्रहरीले मिति २०६८ असार १३ गते पुनः पक्राउ गर्न सफल भएको थियो। त्यसपछि उनलाई कैद भुक्तानका लागि ललितपुरको नख्खु कारागार कार्यालय पठाइएको थियो। लामो समय नख्खु कारागारमा रहेका मौर्य गत वर्ष अर्थात् मिति २०८२ भदौ २४ गते कारागारभित्र भएको जेन्जी आन्दोलनको फाइदा उठाउँदै पुनः त्यहाँबाट भाग्न सफल भएका थिए।
नख्खु कारागारबाट फरार भएपछि प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको थियो। गोप्य रूपमा सुराक पत्ता लगाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय कृष्णनगर, कपिलवस्तुबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई फेला पारेको हो। मौर्यलाई मिति २०८३ जेठ २४ गते कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १ कुकुरभुकुवास्थित नेपाल-भारत सीमा क्षेत्र नजिकैबाट रीतपूर्वक पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए।
पक्राउ परेका मौर्यलाई बाँकी रहेको कैद सजाय भुक्तान गराउनका लागि सोमबार सम्मानित जिल्ला अदालत कपिलवस्तुमा पेस गरिएको छ। अदालतको आदेशानुसार उनलाई पुनः कारागार कार्यालय कपिलवस्तु पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
-
विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण