प्रहरी फन्दामा परे जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त
सारांश
- कपिलवस्तु प्रहरीले जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी नुर मोहम्मद मुसलमानलाई पक्राउ गरेको छ।
- गत जेठ ६ गते मुद्दा दर्ता भएपछि फरार रहेका मुसलमानलाई जेठ २३ गते लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो।
- पक्राउ परेका मुसलमानमाथि थप अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद थप गरिएको छ।
कपिलवस्तु। जबरजस्ती करणी उद्योग मुद्दाका फरार एक प्रतिवादीलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर १० मौजा धनकौली बस्ने ४५ वर्षीय नुर मोहम्मद मुसलमानलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
मुसलमान विरुद्ध गत गत जेठ ६ गते जबरजस्ती करणी उद्योग मुद्दा दर्ता भएको थियो। उक्त घटना लगत्तै उनी फरार रहँदै आएका थिए। फरार प्रतिवादी मुसलमानको खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय गोरुसिंङ्गेबाट प्रहरी टोली परिचालन गरिएको थियो।
खटिएको उक्त प्रहरी टोलीले लुकिछिपी बसिरहेको अवस्थामा उनलाई जेठ २३ गते फेला पारी पक्राउ गरेको हो। पक्राउ परेका मुसलमानलाई हिरासतमा राखी कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरीले अदालतको अनुमति लिएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार पक्राउ परेका प्रतिवादी मुसलमानलाई थप अनुसन्धानका लागि जेठ २५ गते जिल्ला अदालत कपिलवस्तुमा पेस गरिएको थियो। अदालतबाट ७ दिनको म्याद थप गरी उनीमाथि इलाका प्रहरी कार्यालय गोरुसिंङ्गेले विस्तृत अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
-
रेडक्रसमा भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन
-
चार वटा जलविद्युत आयोजनालाई वन क्षेत्र प्रयोग गर्न स्वीकृति
-
साँघुरो चिडियाखानाका सुख-दुःख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण