स्ट्रेट अफ होर्मुजनजिक अमेरिकी सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त
मङ्गलबार, २६ जेठ २०८३, ११ : ४७
सारांश
- स्ट्रेट अफ होर्मुजनजिक अमेरिकी सेनाको एक हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।
- दुर्घटनामा परेका दुई जना चालकदल सदस्यको उद्धार गरिएको छ ।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चालकदल सुरक्षित रहेको बताएका छन् ।
तेहरान । स्ट्रेट अफ होर्मुजनजिक अमेरिकी सेनाको एक हेलिकोप्टर दुर्घटनाग्रस्त भएको । यसबारे प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चालकदल सुरक्षित रहेको बताएका छन् ।
घटनामा हेलिकप्टरमा सवार दुई जना चालकदल सदस्यको उद्धार गरिएको बताइएको छ । हालसम्म हेलिकप्टर दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन ।
न्युयोर्कमा एनबीए फाइनल खेल हेरेर फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘पाइलटहरू सुरक्षित छन्, कोही पनि घाइते भएका छैनन् ।’
घटनाबारे उनले थप विवरण नदिए पनि यस सम्बन्धमा भोलि औपचारिक प्रतिवेदन सार्वजनिक गरिने उनले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण