मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रेडक्रसमा भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन

मङ्गलबार, २६ जेठ २०८३, १२ : ०८
मङ्गलबार, २६ जेठ २०८३

सारांश

  • सरकारले नेपाल रेडक्रस सोसाइटीमा नौ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
  • विशाल कुमार भण्डारी दोलखाको नेतृत्वमा उक्त समिति गठन गरिएको छ ।
  • मन्त्रिपरिषद् बैठकले निजामती सेवा १६ औँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

काठमाडौँ । सरकारले नेपाल रेडक्रस सोसाइटीमा नौ सदस्यीय तदर्थ समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । 

‘विशाल कुमार भण्डारी दोलखाको नेतृत्वमा नेपाल रेडक्रस समितिमा नौ सदस्यीय तदर्थ समिति गठन गर्ने’, प्रवक्ता पोखरेलले जानकारी दिए ।  

त्यस्तै निजामती सेवा १६ औँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप