मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?

मङ्गलबार, २६ जेठ २०८३, १२ : २०
मङ्गलबार, २६ जेठ २०८३

सारांश

  • सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेले प्रधानमन्त्रीलाई आवश्यकता लागे संसदमा आएर जवाफ दिने बताएका छन् ।
  • मन्त्री पोखरेलका अनुसार प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको भए सुरुमै नजाने र उहाँले सोचेजस्तो प्रश्न नआएको बताए ।
  • प्रधानमन्त्रीले भारतको जमिन मिचेको भनाइको विरोधमा सांसदहरूले जवाफ माग्दै आए पनि सभामुखले रुलिङ गर्ने साहस नदेखाउँदा संसद्को कामकारबाहीमा अवरोध भएको छ ।

काठमाडौँ । सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेले प्रधानमन्त्रीलाई आवश्यकता लागे संसदमा आएर जवाफ दिने बताएका छन् । मंगलबार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीले संसदमा प्रधानमन्त्रीको खोजी र जवाफको प्रतीक्षा भइरहेका बेला प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ? भन्ने प्रश्नमा मन्त्री पोखरेलले यस्तो जवाफ दिएका हुन् । 

‘प्रधानमन्त्रीलाई अप्ठेरो हुने भए त सुरुमै त्यहाँ जानुहुन्नथ्यो’, मन्त्री पोखरेलले भने, ‘उहाँ प्रस्तुतिमा जाँदा त सोध्ने प्रश्न नै रहेनछन् नि ! एकदमै कम प्रश्नहरू आए जति हामीले सोचेका थियौ । प्रधानमन्त्रीले पनि प्रश्न आउँछ भनेर सोच्नुभएको थियो ।’

उनले प्रधानमन्त्रीलाई अवस्यक्ताबोध भएमा संसदमा उपस्थित भएर पुन जवाफ दिनसक्ने बताए । ‘प्रधानमन्त्रीलाई मैले सदनमा सम्बोधन गर्नुपर्छ भन्ने लाग्छ भने उहाँले गरिहाल्नुहुन्छ । आवस्यकताअनुसार प्रधानमन्त्रीले गर्नुहुन्छ भन्ने अस्ति पनि देखियो’, मन्त्री पोखरेलको भनाइ छ । 

मन्त्री पोखरेलको यो भनाइबाट संसदमा सांसदले प्रधानमन्त्रीको जवाफ माग्दैमा नजाने नीति रहेको देखिन्छ । प्रधानमन्त्री शाहले गत वैशाख १९ गते नेपालले पनि भारतको जमिन मिचेको छ भनेर भनेपछि सांसदहरूले त्यसको विरोध गर्दै प्रस्ट पार्न आग्रह गर्दै आएका छन् । सभामुखलाई प्रधानमन्त्रीको जवाफका लागि रुलिङ गर्न समेत माग भइरहेको छ तर सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गर्ने साहस देखाएका छैनन् । जसका  कारण लामो समययता संसद्को कामकारबाहीमा अवरोध हुँदै आएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप