जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
सारांश
- जर्मनी र फ्रान्सले नयाँ लडाकु विमान बनाउने संयुक्त परियोजना अन्त्य गर्ने निर्णय गरेका छन् ।
- परियोजनामा संलग्न कम्पनीहरूबीच विवाद समाधान हुन नसकेपछि यो कदम चालिएको हो ।
- यो परियोजना करिब १०० अर्ब युरो लागत अनुमानित थियो र यसमा स्पेन पनि सहभागी थियो ।
बर्लिन । जर्मनी र फ्रान्सका नेताहरूले युरोपको सबैभन्दा महत्त्वाकाङ्क्षी रक्षा कार्यक्रममध्ये एक मानिएको नयाँ पुस्ताको लडाकु विमान बनाउने परियोजना अन्त्य गर्ने निर्णय गरेका छन् । परियोजनामा संलग्न रक्षा उद्योग कम्पनीहरूबिच लामो समयदेखि जारी विवाद समाधान हुन नसकेपछि दुवै देशले यो कदम चालेका हुन् ।
जर्मन चान्सलर फ्रेडरिक मर्ख र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले गत साता मोन्टेनेग्रोमा आयोजित युरोपेली संघ–पश्चिमी बाल्कन शिखर सम्मेलनका क्रममा उक्त परियोजनाबारे छलफल गरेका थिए । जर्मन अधिकारीहरूका अनुसार परियोजनामा संलग्न कम्पनीहरूबिच महिनौँदेखि जारी गतिरोध अन्त्य हुने सम्भावना नदेखिएपछि मर्खले म्याक्रोँलाई संयुक्त लडाकु विमान निर्माण योजना अगाडि नबढाउन सुझाव दिएका थिए ।
फ्रान्सेली राष्ट्रपतिको कार्यालयले पनि दुवै नेताबिच यस विषयमा लामो छलफल भएको पुष्टि गरेको छ । कार्यालयका अनुसार जर्मनी र स्पेनको प्रतिनिधित्व गर्ने युरोपेली एयरोस्पेस कम्पनी एयरबस तथा फ्रान्सको डासो एभिएसनबीच सहमति हुन नसकेकोमा दुवै पक्षले खेद व्यक्त गरेका छन् ।
यो परियोजना युरोपको सबैभन्दा ठुलो रक्षा कार्यक्रमको मुख्य आधार मानिन्थ्यो । करिब १०० अर्ब युरो लागत अनुमान गरिएको यस योजनामा स्पेन पनि सहभागी थियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करको दर हेरफेर विवाद : मन्त्री पोखरेलद्वारा अर्थमन्त्री वाग्लेको बचाउ, बजेटमा पूर्ण समर्थन
-
ओपनएआईले दियो आइपीओका लागि गोप्य आवेदन
-
बीपी राजमार्गमा सवारी आवागमन रोकियो
-
प्रतिनिधि सभामा विपक्षी दलहरूले अवरोध कायमै
-
राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश अधिवेशनको चुनावी कार्यतालिका सार्वजनिक
-
प्रतिनिधि सभा बैठक |LIVE||
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण