मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

मङ्गलबार, २६ जेठ २०८३, १२ : ४५
मङ्गलबार, २६ जेठ २०८३

सारांश

  • सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षक केन्द्रीय समितिले बजेटले माग सम्बोधन नगरेको भन्दै माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।
  • शिक्षकहरूले सरकारले २०७८, २०८०-२०८२ सालमा भएका सहमति र सङ्घीय शिक्षा ऐनको मस्यौदालाई बेवास्ता गरेको आरोप लगाएका छन् ।
  • माग सम्बोधन नभए पठनपाठन ठप्प पार्ने र सामूहिक राजीनामा दिने चेतावनी शिक्षकहरूले दिएका छन् ।

काठमाडौँ । सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षक केन्द्रीय समितिले आर्थिक वर्ष २०८३–८४ को बजेटले आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै विरोध प्रदर्शन गरेको छ । विगत लामो समयदेखि पेसागत निरन्तरता, स्थायित्व तथा सेवा–सुविधाका विषयमा सरकारको ध्यानाकर्षण गर्न माइतीघरमा प्रदर्शन गरेको हो । 

समितिले २०७८, २०८०-२०८२ सालमा सरकारसँग भएका सहमति, साथै सङ्घीय शिक्षा ऐनको निर्णयार्थ पेश गरिएको मस्यौदामा उल्लेख गरिएका व्यवस्थापनसम्बन्धी प्रावधानलाई बेवास्ता गरिएको आरोप शिक्षकहरूले लगाएका छन्। 

06-IMG_0565

अनुदान शिक्षकहरूले ६०-४० प्रतिशत आन्तरिक तथा खुला प्रतिस्पर्धामार्फत व्यवस्थापन गर्ने सहमति कार्यान्वयन नगरी सरकारले अनुदान शिक्षकका मागप्रति उदासीनता देखाएको आरोप लगाएका छन् ।

समितिका अनुसार हाल देशभर करिब ११ हजार सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकहरू माध्यमिक र आधारभूत तहमा अंग्रेजी, गणित तथा विज्ञानजस्ता विषय अध्यापन गरिरहेका छन्। बजेट वक्तव्यमा सम्मानजनक तलबवृद्धि, महँगी भत्ता र प्रोत्साहन भत्तालगायतका माग स्पष्ट रूपमा समावेश नगरिएको भन्दै शिक्षकहरूले त्यसप्रति विरोधमा हिजोदेखि उत्रिएका हुन् । 

01-IMG_0539

उनीहरूले माग सम्बोधन नभए पठनपाठन ठप्प पार्ने तथा सामूहिक राजीनामासमेत दिन बाध्य हुने चेतावनी पनि दिएका छन् । उनीहरूले हिजो बिहान १० बजे शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्राङ्गणमा विद्यालय पोसाक, परिचयपत्र, नियुक्तिपत्र, विशेष नियुक्तिपत्र तथा मार्कर पेनसहित प्रदर्शन गरेका थिए ।

02-IMG_054803-IMG_055404-IMG_055707-IMG_056909-IMG_074910-रवि लामिछाने स्वदेश फिर्ता-35211-IMG_075412-IMG_075513-IMG_075814-IMG_076015-IMG_076516-IMG_0777

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप