सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
सारांश
- सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षक केन्द्रीय समितिले बजेटले माग सम्बोधन नगरेको भन्दै माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।
- शिक्षकहरूले सरकारले २०७८, २०८०-२०८२ सालमा भएका सहमति र सङ्घीय शिक्षा ऐनको मस्यौदालाई बेवास्ता गरेको आरोप लगाएका छन् ।
- माग सम्बोधन नभए पठनपाठन ठप्प पार्ने र सामूहिक राजीनामा दिने चेतावनी शिक्षकहरूले दिएका छन् ।
काठमाडौँ । सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षक केन्द्रीय समितिले आर्थिक वर्ष २०८३–८४ को बजेटले आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै विरोध प्रदर्शन गरेको छ । विगत लामो समयदेखि पेसागत निरन्तरता, स्थायित्व तथा सेवा–सुविधाका विषयमा सरकारको ध्यानाकर्षण गर्न माइतीघरमा प्रदर्शन गरेको हो ।
समितिले २०७८, २०८०-२०८२ सालमा सरकारसँग भएका सहमति, साथै सङ्घीय शिक्षा ऐनको निर्णयार्थ पेश गरिएको मस्यौदामा उल्लेख गरिएका व्यवस्थापनसम्बन्धी प्रावधानलाई बेवास्ता गरिएको आरोप शिक्षकहरूले लगाएका छन्।

अनुदान शिक्षकहरूले ६०-४० प्रतिशत आन्तरिक तथा खुला प्रतिस्पर्धामार्फत व्यवस्थापन गर्ने सहमति कार्यान्वयन नगरी सरकारले अनुदान शिक्षकका मागप्रति उदासीनता देखाएको आरोप लगाएका छन् ।
समितिका अनुसार हाल देशभर करिब ११ हजार सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकहरू माध्यमिक र आधारभूत तहमा अंग्रेजी, गणित तथा विज्ञानजस्ता विषय अध्यापन गरिरहेका छन्। बजेट वक्तव्यमा सम्मानजनक तलबवृद्धि, महँगी भत्ता र प्रोत्साहन भत्तालगायतका माग स्पष्ट रूपमा समावेश नगरिएको भन्दै शिक्षकहरूले त्यसप्रति विरोधमा हिजोदेखि उत्रिएका हुन् ।

उनीहरूले माग सम्बोधन नभए पठनपाठन ठप्प पार्ने तथा सामूहिक राजीनामासमेत दिन बाध्य हुने चेतावनी पनि दिएका छन् । उनीहरूले हिजो बिहान १० बजे शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्राङ्गणमा विद्यालय पोसाक, परिचयपत्र, नियुक्तिपत्र, विशेष नियुक्तिपत्र तथा मार्कर पेनसहित प्रदर्शन गरेका थिए ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण