बाँकेबाट ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
मङ्गलबार, २६ जेठ २०८३, १२ : ५१
सारांश
- बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ बाट प्रहरीले ज्यान मुद्दाका फरार प्रतिवादी विशाल परियारलाई पक्राउ गरेको छ ।
- परियारविरुद्ध हुम्लाको सिमिकोट गाउँपालिकाका सुरेश परियालेले २०८२ मंसिर ८ मा ज्यान सम्बन्धी कसुरमा जाहेरी दिएका थिए ।
- इलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरको टोलीले पक्राउ गरी अदालतबाट ८ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । प्रहरीले बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–२ बाट एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ घर भएका काले भन्ने विशाल परियार छन् । उनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी प्रतित सिंह राठौरले रातोपाटीलाई बताए ।
परियार ज्यान सम्बन्धी कसुरमा फरार थिए । उनीविरुद्ध हुम्लाको सिमिकोट गाउँपालिका–२ बस्ने सुरेश परियाले जाहेरी दिएका थिए । २०८२ मङ्सिर ८ मा जाहेरी दर्ता भएपछि उनी फरार थिए ।
इलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरको टोलीले उनलाई पक्राउ गरेको हो । उनीविरुद्ध अदालतबाट ८ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
-
यी २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
-
चीनमा मान्छेमा सुँगुरको कलेजो र मिर्गौलाको संयुक्त प्रत्यारोपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण