२ हजार जनाले लिए रोयल्टी
सारांश
- टिकटक, यातायात, रेडियो, होटेललगायतबाट प्राप्त रोयल्टी गीतकार तथा सङ्गीतकारलाई वितरण गरिएको छ ।
- सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालको १९ औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा २ हजार जनालाई ५५ लाख रोयल्टी बाँडिएको हो ।
- अबदेखि रोयल्टी सिधै बैंक खातामा जम्मा गर्न सकिने व्यवस्था गर्न लागिएको छ ।
काठमाडौँ । टिकटक, यातायात, रेडियो, होटेललगायतबाट प्राप्त रोयल्टी गीतकार तथा सङ्गीतकार वितरण गरिएको छ । सोमबार सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालको १९ औँ वार्षिकोत्सवमा आयोजित एक कार्यक्रममा उक्त रोयल्टी बाँडिएको हो ।
कार्यक्रममा सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालका अध्यक्ष तथा वरिष्ठ सङ्गीतकार सुरेश अधिकारी, वरिष्ठ सर्जक श्रीपुरुष ढकाललगायतले रोयल्टी प्रदान गरे । रोयल्टी लिने २ हजार जान रहेका छन् । उनीहरूलाई रोयल्टीको रकम ५५ लाख बाँडिएको छ ।
नेपाल प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रममा अग्रज गायिका चन्द्रकला शाह, वरिष्ठ गायिका मिरा राणा, डा. कृष्णहरी बराल, गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापा, चर्चित गायिका राधिका हमाल, चर्चित गायिका देवी घर्ती मगर लगायतको समेत सहभागिता थियो ।
अबदेखि रोयल्टी सिधै बैंक खातामा जम्मा गर्न सकिने पनि व्यवस्था गर्न लागिएको अध्यक्ष अधिकारीले कार्यक्रममा जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘भागदौड’ असार २६ मा प्रदर्शन हुने
-
विपक्षीको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित, तस्बिरहरू
-
इरान र इजरायलले रोके एक–अर्काविरुद्धको आक्रमण
-
अमेरिकी आक्रमणमा आगलागी भएको ट्यांकरबाट २४ भारतीय चालक दलको उद्धार
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण