रास्वपा बागमतीको सभापति बन्न २१ हजार तिर्नुपर्ने
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिका लागि २१ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
- उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि १७ हजार ५०० रुपैयाँ र सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ ।
- बागमती प्रदेश समितिका प्रवक्ता उत्सव अर्यालका अनुसार मधु चौलागाईंको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिका लागि २१ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । मंगलबारबाट सुरु भएको प्रदेशको प्रथम अधिवेशनको निर्वाचन समितिले सभापति पदको निर्वाचनका लागि २१ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको हो ।
त्यस्तै रास्वपा बागमती प्रदेशको उपसभापति, महामन्त्री र सहमहामन्त्री १७ हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । आयोजक समितिका अनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्री पदको निर्वाचन २ चरणमा हुनेछ ।
उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि पहिले सदस्य निर्वाचित हुनुपर्ने वैधानिक व्यवस्था रहेकाले २ चरणमा निर्वाचन हुने आयोजकको भनाइ छ । सोही अनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि पहिले १० हजार शुल्क तिरेर सदस्य निर्वाचित हुने र दोस्रो चरणमा थप ७ हजार ५०० शुल्क तिरेर उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा उम्मेदवार बन्न सक्ने छन् ।
अधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रमका लागि मधु चौलागाईंको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको रास्वपा बागमती प्रदेश समितिका प्रवक्ता उत्सव अर्यालले जानकारी दिए । उनका अनुसार निर्वाचन समितिमा राम गुरुङ, सुमित्रा पण्डित क्षेत्री, दिपा लामिछाने, कृष्णमान शाक्य सदस्य रहेका छन् ।
अधिवेशनका लागि प्रतिनिधि मार्फत १ हजार ५०० रुपैयाँ र परिवेक्षकबाट १ हजार ५०० रुपैयाँ शुल्क संकलन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमाजस्तो संवेदनशील विषयमा पनि किन रूलिङ गर्न सक्दैनन् सभामुख ?
-
विपक्षी दलहरूको बैठक सुरु
-
बिरामी पुर्जीको आधारमा ११ स्वास्थ्य संस्थाबाट सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन उपलब्ध हुने
-
बैंकिङ कसूर र चेक अनादरका १४ मुद्दामा फरार व्यक्ति पक्राउ
-
महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण