ट्रम्प र नेतान्याहुबिच बढ्यो दूरी
तेल अभिभ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिचको आपसी सम्बन्धमा दरार आउन थालेको र उनीहरू एक अर्काबाट टाढिँदै गएको दाबी गरिएको छ।
एक पूर्व उच्च इजरायली कूटनीतिज्ञले दुई नेताबिचको सम्बन्ध पहिले जस्तो सुमधुर नरहेको दाबी गरेका हुन्।
पूर्व इजरायली कन्सुल जनरल अलोन पिन्कासले अमेरिकी सञ्चारमाध्यम सीएनएनसँग विशेष कुराकानी गर्दै दुवै नेताको सोच र सम्बन्धबारे टिप्पणी गरे। उनले अहिलेको अवस्थालाई चित्रण गर्दै भने, ‘ट्रम्प र नेतान्याहु अब एउटै पेजमा मात्र होइन, एउटै किताबमै पनि छैनन्।’
पिन्कासका अनुसार पछिल्ला दुई हप्ताको अवधिमा राष्ट्रपति ट्रम्पले इजरायली प्रधानमन्त्री नेतान्याहुबारे गरेका विभिन्न सार्वजनिक टिप्पणीहरूलाई सङ्केत गर्दै दुवै नेताबिचको दूरी स्पष्ट रूपमा सतहमा आएको बताए।
यसैगरी पूर्व कन्सुल जनरल पिन्कासले इजरायलले लेबनानमा इरान समर्थित सशस्त्र समूह हिजबुल्लाह विरुद्ध चलाइरहेको सैन्य अभियानप्रति पनि गम्भीर चिन्ता र संशय व्यक्त गरे। इजरायलले लेबनानमा आक्रमण तीव्र पारे पनि यस सङ्घर्षलाई कसरी तार्किक निष्कर्षमा पुर्याउने र युद्धबाट कसरी बाहिर निस्कने भन्नेबारे कुनै स्पष्ट खाका र रणनीति नदेखिएको उनले औँल्याए।
इजरायलको आन्तरिक राजनीतिको विश्लेषण गर्दै पिन्कासले भने, ‘रणनीतिक रूपमा कुनै अन्तिम योजना छैन, तर यहाँ राजनीतिक खेल खेलिँदै छ। नेतान्याहु चुनावतर्फ अघि बढिरहेका छन् र उनलाई आफ्नो स्वार्थका लागि निरन्तर युद्धको अवस्था कायम राख्नु आवश्यक देखिन्छ।’
उनका अनुसार प्रधानमन्त्री नेतान्याहुको दृष्टिमा मुलुकमा निरन्तर तनाव र युद्धको वातावरण सिर्जना भइरहनु नै उनको व्यक्तिगत राजनीतिक अस्तित्व टिकाइराख्ने प्रमुख र अचुक माध्यम बनेको छ। सोही कारण पनि उनी युद्धलाई तन्काउन चाहन्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
-
‘विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा वितरण नगर्नू’
-
चीनबाट गेडा धनिया आयातमा रोक, ‘खपराज’ किरा भित्रिने डर
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण