रास्वपाद्वारा मधेस प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि स्थगित
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेस प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधिहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ।
- पार्टीको केन्द्रीय निर्वाचन आयोगले निष्पक्ष, पारदर्शी र विश्वसनीय रूपमा अधिवेशन सम्पन्न गर्नुपर्ने देखिएकाले हाललाई सबै प्रक्रिया रोकेको हो।
- प्रतिनिधि छनोट, निर्वाचन कार्यक्रम, उम्मेदवारी प्रक्रिया, प्रचारप्रसार, बैठक, भेला तथा अधिवेशन आयोजनासँग सम्बन्धित सम्पूर्ण गतिविधिहरू स्थगित गरिएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले मधेस प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधिहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले मंगलबार जरुरी सूचना जारी गर्दै अधिवेशन स्थगित भएको जानकारी दिएको हो।
सूचना अनुसार, मधेस प्रदेश अधिवेशनलाई निष्पक्ष, पारदर्शी, विश्वसनीय र विधिसम्मत रूपमा सम्पन्न गर्न सुनिश्चित गर्नुपर्ने देखिएकाले हाललाई सबै प्रक्रिया रोकिएको हो। आयोगले प्रतिनिधि छनोट, निर्वाचन कार्यक्रम, उम्मेदवारी प्रक्रिया, प्रचारप्रसार, बैठक, भेला तथा अधिवेशन आयोजनासँग सम्बन्धित सम्पूर्ण गतिविधि स्थगित भएको छ । पार्टीको विधान २०७९ (तेस्रो संशोधनसहित) को दफा ४१ र ४९ बमोजिम प्राप्त अधिकार प्रयोग गर्दै आयोगले यो निर्णय लिएको जनाएको छ।
अधिवेशन पुनः सञ्चालन हुने मिति, समय र संशोधित कार्यतालिकाबारे केन्द्रीय निर्वाचन आयोगले पछि आधिकारिक जानकारी दिनेछ। आयोगले अर्को निर्देशन नभएसम्म अधिवेशनसँग सम्बन्धित कुनै पनि नयाँ गतिविधि सञ्चालन नगर्न पार्टीका सम्पूर्ण सदस्य, प्रतिनिधि, उम्मेदवार तथा प्रदेश र जिल्ला तहका नेता(कार्यकर्ताहरूलाई आग्रह गरेको छ।
सूचनाको बोधार्थ पार्टी सभापति, महामन्त्री, संगठन विभाग, अनुशासन आयोग र मधेस प्रदेश समितिलाई समेत दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमाजस्तो संवेदनशील विषयमा पनि किन रूलिङ गर्न सक्दैनन् सभामुख ?
-
विपक्षी दलहरूको बैठक सुरु
-
बिरामी पुर्जीको आधारमा ११ स्वास्थ्य संस्थाबाट सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन उपलब्ध हुने
-
बैंकिङ कसूर र चेक अनादरका १४ मुद्दामा फरार व्यक्ति पक्राउ
-
महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण