राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश अधिवेशनको चुनावी कार्यतालिका सार्वजनिक
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेश अधिवेशनको चुनावी कार्यतालिका सार्वजनिक गरेको छ।
- कार्यतालिका अनुसार, मतदाता नामावली प्रकाशन मंगलबार बिहान ११:०० बजे हुनेछ र दिउँसो १ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ।
- उम्मेदवारी दर्ता दिउँसो २:४५ देखि ३:०० बजेसम्म हुनेछ, मतदान साँझ ६ बजेबाट सुरु हुनेछ र मतगणना सकिएपछि परिणाम घोषणा गरिनेछ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेश अधिवेशनको चुनावी कार्यतालिका सार्वजनिक गरेको छ।
कार्यतालिका अनुसार, मतदाता नामावली प्रकाशन मंगलबार बिहान ११:०० बजे हुनेछ। दिउँसो १२:०० बजेसम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिनेछ।
दाबी विरोधमाथि छानबिन दिउँसो १२:३० बजेसम्म गरिनेछ भने अन्तिम नामावली प्रकाशन दिउँसो १ बजे हुनेछ। उम्मेदवारी दर्ताका दिउँसो २:४५ देखि ३:०० बजेसम्मको समय तोकिएको छ। मतदान साँझ ६ बजेबाट सुरु हुने उल्लेख छ।
मतगणना कार्य समाप्त भएपछि निर्वाचन परिणाम घोषणा गरिनेछ। तर, कुनै उम्मेदवारले प्राप्त गरेको मत निर्वाचन समितिले तोकेको कुल मतको ५० प्रतिशतभन्दा बढी नभएमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार र निकटतम दोस्रो धेरै मत प्राप्त गर्ने उम्मेदवारका बिच पुनः मतदान गराइनेछ।
दोस्रो चरणको निर्वाचन गराउनुपरेमा सूचना भएपछि निर्वाचन समितिबाट पुनः निर्वाचनको मिति घोषणा गरी बढीमा ३ दिनभित्र पुनः निर्वाचन गराउने तर सो समयमा निर्वाचन प्रचारप्रसारमा पूर्ण रोक लगाइनेछ।
निर्वाचन समितिका कुनै पनि पदाधिकारीको मतदान अधिकार भने रहने छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
-
सीमाजस्तो संवेदनशील विषयमा पनि किन रूलिङ गर्न सक्दैनन् सभामुख ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण