मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बीपी राजमार्गमा सवारी आवागमन रोकियो

मङ्गलबार, २६ जेठ २०८३, १३ : २७
मङ्गलबार, २६ जेठ २०८३

सारांश

  • काभ्रेपलाञ्चोकको रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएपछि बीपी राजमार्गमा सवारी आवागमन रोकिएको छ।
  • जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले यात्रु तथा सवारीचालकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सम्भावित जोखिमलाई मध्यनजर गरी तत्कालका लागि सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
  • सडकमा कुनै अवरोध नरहेको सुनिश्चित भएपछि मात्र यातायात पुनः सुचारु गरिने र यात्रु तथा चालकलाई सतर्क रहन आग्रह गरिएको छ।

काठमाडौँ । काभ्रेपलाञ्चोकस्थित रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन रोकिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सोमबार दिउँसो १२ः२८ बजे एक अत्यन्त जरुरी सूचना जारी गर्दै तत्कालका लागि सवारीसाधन सञ्चालनमा रोक (होल्ड) लगाएको छ।

यात्रु तथा सवारीचालकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै यो निर्णय गरिएको प्रहरीले जनाएको छ । वर्षाका कारण सडकमा हुनसक्ने सम्भावित क्षति र दुर्घटनाबाट बच्न पूर्वसावधानी स्वरूप गाडीहरूलाई सुरक्षित स्थानमा रोकिएको हो।

सडकमा कुनै प्रकारको अवरोध नरहेको सुनिश्चित भएपछि मात्र अर्को सूचना जारी गरेर यातायात पुनः सुचारु गरिने जिल्ला प्रहरी कार्यालयले स्पष्ट पारेको छ ।

साथै, प्रहरीले सम्पूर्ण यात्रु तथा चालकलाई अनावश्यक यात्रा नगर्न र सतर्क अवस्थामा रहन आग्रह गरेको छ । सडकको पछिल्लो अवस्थाबारे अद्यावधिक जानकारी लिनका लागि प्रहरीको आपत्कालीन नम्बर १०० र ट्राफिक प्रहरीको नम्बर १०३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप