मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओपनएआईले दियो आइपीओका लागि गोप्य आवेदन

मङ्गलबार, २६ जेठ २०८३, १३ : ३१
मङ्गलबार, २६ जेठ २०८३

सारांश

  • अमेरिकी कृत्रिम बौद्धिकता (एआई) कम्पनी ओपनएआईले प्राथमिक शेयर निष्कासन (आईपीओ)का लागि गोप्य रूपमा आवेदन दर्ता गरेको छ ।
  • ओपनएआईको यो निर्णय यसको प्रमुख प्रतिस्पर्धी एन्थ्रोपिकले आइपीओ जारी गर्ने घोषणा गरेलगत्तै र स्पेसएक्सको आइपीओ जारी हुनुअघि आएको हो ।
  • कम्पनीले आईपीओ कहिले ल्याउने भन्ने विषयमा अन्तिम निर्णय भने गरिसकेको छैन र आवेदन गोप्य रूपमा दर्ता गरिएकाले सेयर बिक्री तथा मूल्य निर्धारणको विवरण सार्वजनिक गरिएको छैन ।

क्यालिफोर्निया । अमेरिकी कृत्रिम बौद्धिकता (एआई) कम्पनी ओपनएआईले प्राथमिक शेयर निष्कासन (आईपीओ)का लागि गोप्य रूपमा आवेदन दर्ता गरेको पाइएको छ । 

यससँगै कम्पनी हालैका वर्षहरूकै सबैभन्दा प्रतीक्षित सेयर बजार प्रवेशको तयारीमा पुगेको छ । ओपनएआईको यो निर्णय यसको प्रमुख प्रतिस्पर्धी एन्थ्रोपिकले आइपीओ जारी गर्ने घोषणा गरेलगत्तै र स्पेसएक्सको आइपीओ जारी हुनुअघि आएको हो । आईपीओ पछि यी तीन कम्पनीहरूको मूल्याङ्कन ह्वात्तै बढ्ने अनुमान गरिएको छ ।

कम्पनीले आईपीओ कहिले ल्याउने भन्ने विषयमा अन्तिम निर्णय भने गरिसकेको छैन । आवेदन गोप्य रूपमा दर्ता गरिएकाले कम्पनीले कति सेयर बिक्री गर्ने र मूल्य कति निर्धारण गर्ने भन्ने विवरण पनि सार्वजनिक गरिएको छैन ।

 ओपनएआईले आफ्नो आधिकारिक समाचार कक्षमा प्रकाशित वक्तव्यमा निजी कम्पनीका रूपमा अझै केही योजनाहरू अघि बढाउन सहज हुने भएकाले सार्वजनिक कम्पनी बन्न केही समय लाग्न सक्ने जनाएको छ । यद्यपि आवश्यक ठानेमा छिट्टै सार्वजनिक कम्पनी बन्ने विकल्प खुला राखिएको कम्पनीको भनाइ छ ।

सार्वजनिक कम्पनी बनेपछि वाल स्ट्रिट लगायत वित्तीय बजारले ओपनएआईको आय, खर्च तथा वित्तीय अवस्थाबारे विस्तृत जानकारी पाउनेछन् । कम्पनीले हाल एआई पूर्वाधार, चिप तथा कम्प्युटिङ क्षमतामा अर्बौं डलर लगानी गरिरहेको छ । 

गत मार्चमा १२२ अर्ब अमेरिकी डलर बराबरको नयाँ लगानी जुटाएपछि ओपनएआईको मूल्याङ्कन करिब ८५२ अर्ब अमेरिकी डलर पुगेको थियो।  तर यति ठूलो मूल्यांकनलाई न्यायोचित ठहर गर्न कम्पनीले पर्याप्त आम्दानी गर्न सक्ने क्षमता देखाउनुपर्ने दबाब पनि बढिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप