करको दर हेरफेर विवाद : मन्त्री पोखरेलद्वारा अर्थमन्त्री वाग्लेको बचाउ, बजेटमा पूर्ण समर्थन
सारांश
- सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि लागेको गम्भीर आरोपको बचाउ गरेका छन्।
- प्रवक्ता पोखरेलले अर्थमन्त्रीले एकदमै मेहनत गरेर बजेट ल्याएको उल्लेख गर्दै त्यसमा सरकारको पूर्ण समर्थन रहेको स्पष्ट पारे।
- विपक्षी दलहरूले अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिनको माग गरेका छन्।
काठमाडौँ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि लागेको गम्भीर आरोपको बचाउ गरेका छन्।
स्वार्थ समूहको अनुकूल हुने गरी आगामी आर्थिक वर्षको बजेटमा करका दरहरू हेरफेर गरेको भन्दै अर्थमन्त्री वाग्लेको तीव्र आलोचना भइरहेका बेला सरकारले उनको बचाउ गरेको हो।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता पोखरेलले अर्थमन्त्रीले एकदमै मेहनत गरेर बजेट ल्याएको उल्लेख गर्दै त्यसमा सरकारको पूर्ण समर्थन रहेको स्पष्ट पारे। बजेट निर्माण र करका नीति फेरबदलका सम्बन्धमा मन्त्रीपरिषद् बैठकमा कुनै पनि नकारात्मक कुरा वा विवाद नउठेको जानकारी उनले दिए।
अर्थमन्त्रीको बचाउ गर्दै प्रवक्ता पोखरेलले भने, ‘अर्थमन्त्रीज्युले एकदमै मेहनत गरेर बजेट ल्याउन भएको छ, त्यसमा हाम्रो पूर्ण समर्थन छ ।’
अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक संसदमा पेस गरेपछि संसद् र जनप्रतिनिधिहरूलाई कुनै जानकारी नै नदिई गोप्य रूपमा करका दरहरू फेरबदल गरेपछि यो विषय विवादमा तानिएको हो। निश्चित व्यापारिक घराना र स्वार्थ समूहको मिलेमतोमा राजस्व र करका दरहरूमा चलखेल गरिएको दाबी विपक्षी दलहरूले गर्दै आएका छन्।
संसद्को मानमर्दन र आर्थिक अनुशासन उल्लंघन भएको भन्दै विपक्षीहरूले यो प्रकरणमा अर्थमन्त्री वाग्लेमाथि तत्काल संसदीय छानबिन हुनुपर्ने माग समेत राखेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
-
सीमाजस्तो संवेदनशील विषयमा पनि किन रूलिङ गर्न सक्दैनन् सभामुख ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण