नेपाल सीमा अतिक्रमणकारी देश होइन, प्रधानमन्त्रीले माफी माग्नुपर्छ : निश्कल राई
सारांश
- नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीले नेपाललाई 'सीमा अतिक्रमणकारी' प्रमाणित गर्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।
- राईले नेपालले छिमेकी देशको कुनै पनि भूभाग नमिचेको र नेपाल विश्वको नजरमा कहिल्यै 'अतिक्रमणकारी' बन्न नसक्ने बताए ।
- उनले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन र प्रधानमन्त्रीले माफी माग्न सभामुखसँग माग गरे ।
काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीले नेपाललाई ‘सीमा अतिक्रमणकारी’ प्रमाणित गर्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा सचेतक राईले नेपालले छिमेकी देशको कुनै पनि भूभाग नमिचेको र नेपाल विश्वको नजरमा कहिल्यै ‘अतिक्रमणकारी’ बन्न नसक्ने बताएका हुन् ।
सचेतक राईले प्रधानमन्त्री र उनका शुभचिन्तकहरूले नभएका प्रमाणहरू सिर्जना गरेर नेपालले भारतको जग्गा मिचेको प्रमाणित गर्न खोज्नु गम्भीर राष्ट्रघात भएको आरोप लगाए । ‘मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने प्रधानमन्त्रीले आज कस्तो स्वार्थमा हाम्रो स्वाभिमानमाथि धावा बोल्दै हुनुहुन्छ,’ उनले प्रश्न गर्दै भने । प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले सीमा रक्षाका लागि ज्यान दिने वीर सहिदहरूको अपमान भएको राईको तर्क थियो।
राईले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन नदिएकोमा सभामुखप्रति पनि असन्तुष्टि व्यक्त गरे । ‘हामी सभामुखको अभिभावकत्व चाहन्छौँ। खुट्टा नकमाई रुलिङ होस् र प्रधानमन्त्रीले रोष्टममा उभिएर राष्ट्रहित विपरीतका आफ्ना कुरामा आत्मालोचना गर्दै माफी माग्नुपर्छ,’ राईले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटककाे आकर्षणकाे केन्द्र बन्दै ऐना पहरा
-
तनहुँका स्थानीय तहमा मगर भाषा पठनपाठन गरिँदै
-
‘चमेलीको पोइ’ १६ असोजमा
-
प्रधानमन्त्रीले माफी माग्नुपर्छ वा संसद्ले सीमा मिचेको स्वीकार गर्नुपर्छ : खुश्बु ओली
-
५० अर्ब १ करोडको विद्युत् बक्यौता, कुन उद्योग र स्थानीय तहले कति तिर्न बाँकी ? (सूचीसहित)
-
नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण