हर्क साम्पाङ भन्छन्– सदन खुलाउन सङ्कल्प प्रस्ताव पारित गरौँ
मङ्गलबार, २६ जेठ २०८३, १३ : ४२
सारांश
- श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले लामो समयदेखि अवरुद्ध सदन खुलाउनका लागि सङ्कल्प प्रस्ताव पारित गर्न सभामुखको ध्यानाकर्षण गराएका छन् ।
- उनले प्रधानमन्त्रीले नेपालले भारतको जग्गा मिचेको भन्ने भनाई रेकर्डबाट हटाउनुपर्ने र मन्त्री तथा सांसदले राष्ट्रघाती अभिव्यक्ति दिन नपाउने गरी सङ्कल्प प्रस्ताव ल्याउनुपर्ने बताए ।
- साम्पाङले यो सङ्कल्प प्रस्ताव पारित नभए जनतामाझ जान नसकिने धारणा व्यक्त गरे ।
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले सदन खुलाउन सङ्कल्प प्रस्ताव पारित गर्न सभामुखको ध्यानाकर्षण गराएका छन् ।
लामो समयदेखि सदनमा गाँठो परेको भन्दै प्रधानमन्त्री नआउने तर बोकेर आउन नमान्ने भन्दै सङ्कल्प प्रस्ताव पेस गर्दै उनले भने, ‘नियमावलीको ७९ (१) को (ग) अनुसार गत वैशाख १९ गतेको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने क्रममा नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने भनाई रेकर्डबाट हटाएर आगामी दिनमा मन्त्री र सांसदले राष्ट्रघाती अभिव्यक्ति दिन नपाउने गरी सबैले देशको पक्षमा सन्देश दिने सङ्कल्प प्रस्ताव गर्न पेस गर्दछु ।’
उनले यही सङ्कल्प प्रस्ताव गरेर अघि नबढे जनतामाझ जान नसकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
-
राष्ट्रपति भवन अगाडि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन, तस्बिरहरू
-
कांग्रेस संस्थापन इतर पक्षद्वारा बृहत् एकता भेलाको तयारी
-
वेस्ट ह्यामका सह–मालिक सुलिधानमाथि यौन शोषणको आरोप
-
सरकारी कागजमा मल मौज्दात, तर किसानलाई अझै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण