संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
सारांश
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले सभामुखको अनुमतिबिना आफैँ समय तोकेर मौनधारण गरेपछि संसद् बैठकमा नयाँ तरङ्ग पैदा भएको छ।
- सांसद निष्कल राईले शहीदहरूको सम्झनामा पाँच मिनेट मौनधारण गर्न आह्वान गरेपछि अन्य विपक्षी दलका सांसदहरूले पनि साथ दिएका थिए।
- सभामुख डीपी अर्यालले यस कार्यले सार्वभौम संसद् र सदनको गरिमाको अपमान भएको भन्दै असन्तुष्टि जनाएका छन्।
काठमाडौँ। प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आफैँ समय तोकेर मौनधारण गरेपछि संसद्मा नयाँ तरङ्ग पैदा भएको छ।
सभामुखको अनुमति र कार्यसूची बिना नै बैठकमा मौनधारण गरिएपछि सभामुख डीपी अर्यालले त्यसप्रति गम्भीर आपत्ति जनाएका छन्।
बैठक चलिरहेका बेला नेपाली कांग्रेसका सांसद निष्कल राईले आकस्मिक रूपमा शहीदहरूको सम्झनामा पाँच मिनेट मौनधारण गर्न आह्वान गरेका थिए। सांसद राईको उक्त आह्वान लगत्तै संसद् बैठकमा उपस्थित अन्य विपक्षी दलका सांसदहरूले पनि आसनबाट उठेर उनलाई साथ दिँदै मौनधारण सुरु गरेका थिए।
संसद् सञ्चालनको स्थापित नियम र परम्परा विपरीत सभामुखको अनुमति बिना नै आफैँ समय निर्धारण गरी मौनधारण गरिएपछि सभामुख डीपी अर्यालले असन्तुष्टि पोखेका हुन्। सभामुख अर्यालले सांसदहरूको यस किसिमको व्यवहार र कदमले सार्वभौम संसद् र सदनको गरिमाको अपमान भएको टिप्पणी गरे।
संसद् बैठकका कुनै पनि प्रक्रियाहरू कार्यसूची र आसनको निर्देशन अनुसार चल्नुपर्नेमा विपक्षी सांसदहरूले आफैँ समय तोकेर मौनधारण गर्दा संसद्को कार्यव्यवस्थामा नै अवरोध सिर्जना भएको उनले बताए।
_Mx2A5fZRR4.jpg)
_r8WynxJxae.jpg)
_oqJVkuenZg.jpg)
_reruUAIZ1z.jpg)
_pTmO4l5Al9.jpg)
_AEQWldcEsf.jpg)
_dqKuPDOCka.jpg)
_GrGlaowqdc.jpg)
_HSEpNbxI1Z.jpg)
_QMM8RzVPS4.jpg)
_VrLLbg0Sqa.jpg)
_IKnKTWpdHT.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
-
सीमाजस्तो संवेदनशील विषयमा पनि किन रूलिङ गर्न सक्दैनन् सभामुख ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण