अपडेट
महावीर पुन मन्त्री बन्दै, रास्वपाको दुई तिहाई बहुमतका लागि अब केवल एक सिट अपुग
मङ्गलबार, २६ जेठ २०८३, १३ : ४६
काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् । राष्ट्रपति कार्यालयले उनले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीको रूपमा शपथ गर्नेगरी पत्र प्राप्त भएको बताएको छ ।
स्वतन्त्र सांसद पुन मन्त्री बनेसँगै रास्वपाको संसदमा एक सिट बढेर १ सय ८३ हुनेछ । प्रतिनिधि सभामा रास्वपाको दुई तिहाई बहुमतका लागि अब मात्र एक सिट अपुग हुनेछ ।
यसअघि उनी सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा शिक्षामन्त्री बनेका थिए । तर आफ्ना केही विषय सम्बोधन हुन नसकेको भन्दै उनले बीचमै मन्त्री पद छाडेर चुनाव लडेका थिए । पुन म्याग्दीबाट निर्वाचित भएका थिए ।
आजै गृहमन्त्रीमा सुधन गुरुङले समेत शपथ लिँदैछन् । उनीहरूको मंगलबार अपराह्न साढे ४ बजे शपथको कार्यक्रम तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामी पुर्जीको आधारमा ११ स्वास्थ्य संस्थाबाट सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन उपलब्ध हुने
-
बैंकिङ कसूर र चेक अनादरका १४ मुद्दामा फरार व्यक्ति पक्राउ
-
महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण