अमेरिकी आक्रमणमा आगलागी भएको ट्यांकरबाट २४ भारतीय चालक दलको उद्धार
सारांश
- ओमानको तट नजिक अमेरिकी सैन्य कारबाहीपछि आगलागी भएको तेल ट्यांकरमा सवार २४ भारतीय चालक दलका सदस्यलाई सुरक्षित रूपमा उद्धार गरिएको छ ।
- जहाज एम.टी. मारिभेक्स हो, जसमा सोमबार आगलागी भएको थियो र आपतकालीन सूचना पठाइएको थियो ।
- अमेरिकी सेनाले इरानतर्फ जाने प्रतिबन्ध उल्लंघन गर्ने प्रयास गरेको भन्दै उक्त ट्यांकरलाई निष्क्रिय पारेको थियो ।
मस्कट । ओमानको तट नजिक अमेरिकी सैन्य कारबाहीपछि आगलागी भएको एक तेल ट्यांकरमा सवार २४ भारतीय चालक दलका सदस्यलाई सुरक्षित रूपमा उद्धार गरिएको छ ।
आगलागीमा परेको जहाज एम.टी. मारिभेक्स हो । घटनाको समयमा जहाज खाली रहेको बताइएको छ । सोमबार भएको घटनापछि जहाजमा आगो लागेको र केही समयपछि आपतकालीन अवस्थाको सूचना पठाइएको थियो ।
भारतीय अधिकारीहरूका अनुसार सबै २४ जना चालक दलका सदस्य सुरक्षित छन् र उनीहरूलाई ओमानका उद्धार टोलीले हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा सारिएको हो ।
अमेरिकी केन्द्रीय कमाण्डले जारी गरेको जानकारीअनुसार अमेरिकी सेनाले उक्त ट्यांकरलाई निष्क्रिय बनाएको थियो । अमेरिकी दाबी अनुसार जहाजले इरानतर्फ जाने प्रतिबन्ध उल्लंघन गर्ने प्रयास गरेको थियो ।
अमेरिकी सेनाले अमेरिकी नौसेनाको यूएसएस अब्राहम लिंकन विमानवाहक जहाजबाट एफरए–१८ सुपर होर्नेट लडाकु विमान प्रयोग गरी जहाजको इन्जिन र स्टेयरिङ हिस्सामा प्रहार गरेको बताइएको छ।
त्यसपछि नियन्त्रण गुमेर जहाजमा आगलागी भएको बताइएको छ । यस जहाजमाथि अमेरिकाले यस अघि इरानसँग सम्बन्धित गतिविधिका कारण प्रतिबन्ध लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण