‘भागदौड’ असार २६ मा प्रदर्शन हुने
सारांश
- फिल्म ‘भागदौड’ आगामी असार २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
- यो फिल्म लोभ, लालच, जालझेल र ठगीमा आधारित मानव जीवनको नैतिक संकटलाई चित्रण गर्ने कथा हो ।
- यसको पृष्ठभूमि काठमाडौंको ऐतिहासिक एवं परम्परागत नेवार बस्ती बुङ्गमती र बागमती नदी किनारको आसपासमा केन्द्रित छ ।
काठमाडौं । फिल्म ‘भागदौड’ आगामी असार २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले मंगलबार फिल्मको दुई फरक पोष्टर फष्टलुक्सको रुपमा सार्वजनिक गर्दै प्रदर्शन मिति जानकारी गराएको हो ।
हिमाल उप्रेतीको लेखन तथा निर्देशन रहेको फिल्ममा अनिशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई (सारा), विशाल पोखरेल, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर महर्जन र सुवास तिमिल्सिना लगायतका कलाकारहरूको अभिनय छ ।
विश्वराम बिष्टको प्रस्तुतकर्ता रहेको फिल्ममा अंगिरा थापा कार्यकारी निर्माता रहेका छन् भने सह–निर्माताहरू भूपेन्द्र कुमार खड्का, सागर पुरी र सुरेश गिरी हुन् । सुप्रिम म्यूजिक एण्ड फिल्मस प्रा. लिले निर्माण गरेको यो फिल्मको सार्वजनिक पोष्टर मुख्य भुमिका रहेका कलाकार समेटिएका छन् ।
‘भागदौड’ लोभ, लालच, जालझेल र ठगीमा आधारित मानव जीवनको नैतिक संकटलाई चित्रण गर्ने कथा हो । यसको पृष्ठभूमि काठमाडौंको ऐतिहासिक एवं परम्परागत नेवार बस्ती बुङ्गमती र बागमती नदी किनारको आसपासमा केन्द्रित छ । फिल्मले बुङ्गमतीको प्राचीन सभ्यता, नेवारी कला–संस्कृति, र त्यहाँ बसोबास गर्ने नेवार, बाहुन, क्षेत्री लगायतका विभिन्न समुदायबीचको सह–अस्तित्व तथा परम्परागत प्रथा र आधुनिक जीवनशैलीबीचको सन्तुलनलाई पर्दामा देखाउने फिल्मका प्रस्तुतकर्ता विश्वराम बिष्टले बताए ।
फिल्ममा दीपक बज्राचार्यको छायांकन, प्रविन ढकालको सम्पादन, वसन्त सापकोटा र प्रकाश नेपालीको संगीत छ । फिल्मको बितरण नेशनल सिने ग्रुप नेपाल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकिङ कसूर र चेक अनादरका १४ मुद्दामा फरार व्यक्ति पक्राउ
-
महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
-
राष्ट्रपति भवन अगाडि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण