मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

मोबाइल नष्ट प्रकरणबारे के भन्छन् शिक्षामन्त्री पाेखरेल ?

मङ्गलबार, २६ जेठ २०८३, १४ : १९
मङ्गलबार, २६ जेठ २०८३

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले एसईई र कक्षा ११–१२ को परीक्षामा सहभागी भएका विद्यार्थीको जफत गरिएको मोबाइल पानीमा हालेर नष्ट गर्ने कार्य गैरकानुनी भएको बताएका छन् ।

मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को बैठकपछि सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले यो कार्य गैरकानुनी भएको भन्दै प्रदेश शिक्षा मन्त्रालयले आवश्यक कदम चाल्नुपर्ने बताए।

पोखरेलले भने,‘त्यो गैरकानुनी छ । कसैको सम्पत्ति त्यसरी नष्ट गरिनु गैरकानुनी कार्य हो । विभिन्न मिडियामा शिक्षा मन्त्रालयको निर्देशन भन्नेपनि आएको रहेछ । मैले यस विषयमा सामाजिक सञ्जालमा पनि प्रष्ट पारिसकेकाे थिएँ । संघीय सरकारबाट त्यस्तो कुनै पनि निर्देशन दिइएको छैन। प्रदेश मन्त्रालयले दिएको निर्देशन रहेछ । प्रदेशले आवश्यक कदम चाल्नुपर्छ । त्यो गैरकानुनी हो । कानुनी प्रक्रिया हुन्छ । कसैले कानुनी प्रक्रियामा गएर अदालतले क्षतिपूर्ति दिनु भन्यो भने त दिनुपर्छ।’

जिल्ला प्रशासन कार्यालय सिराहाले एसईई र कक्षा ११–१२ को परीक्षामा सहभागी भएका विद्यार्थीको जफत गरिएको मोबाइल पानीमा हालेर नष्ट गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप