तनहुँका स्थानीय तहमा मगर भाषा पठनपाठन गरिँदै
तनहुँ । यहाँका १० वटै पालिकामा मगर भाषाको पठनपाठन गरिने भएको छ । मगर भाषा, लिपि, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण तथा शिक्षक प्रशिक्षण गरिएको छ।
नेपाल मगर सङ्घ तनहुँका अध्यक्ष हर्कबहादुर थापा मगरले जिल्लाका १० वटै पालिकाको सहभागितामा जिल्लास्तरीय प्राज्ञिक परिषद् गठन गरी मगर भाषाको स्थानीय पाठ्यक्रम तयार गरिएको बताए।
उनका अनुसार पाठ्यक्रम कार्यान्वयनका लागि आवश्यक शिक्षकलाई प्रशिक्षणसमेत प्रदान गरिसकिएकाले आगामी दिनमा पालिकासँग समन्वय गरेर विद्यालयमा पठनपाठन विस्तार गरिनेछ।
अध्यक्ष मगरले भने, “मातृभाषा शिक्षाले समुदायको भाषा, संस्कृति, इतिहास र मौलिक पहिचान जोगाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ । स्थानीय सरकारको सहयोगमा जिल्लाभर अभियानका रूपमा कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ”।
सङ्का भाषिक उपाध्यक्ष हर्क आलेले भाषा बाँचे मात्र जातिको अस्तित्व रहने भएकाले विद्यालय तहदेखि नै यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए। सङ्घका गण्डकी प्रदेश सचिव नन्दु थापा मगरले मातृभाषा शिक्षाका लागि प्रदेशस्तरबाट पनि आवश्यक नीतिगत पैरवी भइरहेको बताए।
मगर भाषा र संस्कृतिका विज्ञ यमबहादुर आलेले भाषिक शुद्धता र मौलिक लिपिको संरक्षणमा विशेष ध्यान दिनुपर्ने सुझाव दिए।
व्यास नगरपालिका–१४ स्थित केशवटार माध्यमिक विद्यालयमा दुई वर्षअघि कक्षा १ बाट सुरु गरिएको मगर भाषाको पठनपाठन हाल कक्षा ३ सम्म विस्तार भइसकेको छ। उक्त अभ्यासलाई जिल्लाका अन्य विद्यालयमा विस्तार गर्ने लक्ष्यका साथ पाठ्यक्रम निर्माण र शिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको सङ्घले जनाएको छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार तनहुँमा मगर समुदायको जनसङ्ख्या ८३ हजार ६१३ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस संस्थापन इतर पक्षद्वारा बृहत् एकता भेलाको तयारी
-
वेस्ट ह्यामका सह–मालिक सुलिधानमाथि यौन शोषणको आरोप
-
सरकारी कागजमा मल मौज्दात, तर किसानलाई अझै सास्ती
-
सुदूरपश्चिममा एमालेले किन फेर्न सकेन मन्त्री ?
-
स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्न सरकार अग्रसर
-
नेप्सेमा सामान्य गिरावट, ६ अर्ब ४४ करोड माथिको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण