मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
विपक्षी दलकाे बैठक

कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

मङ्गलबार, २६ जेठ २०८३, १५ : ०७
मङ्गलबार, २६ जेठ २०८३

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ ।
  • सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मङ्गलबार सवा ३ बजे बैठक बस्नेछ ।
  • बैठकमा सदनको गतिरोध र समसामयिक राजनीतिबारे छलफल हुनेछ ।

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ । 

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मङ्गलबार सवा ३ बजे बस्ने गरी विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बोलाइएको कांग्रेसका सचेतक निश्कल राईले जानकारी दिए। 

बैठकमा सदनको गतिरोधका विषयमा र समसामयिक राजनीतिबारे छलफल हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप