प्रविधिजन्य लैङ्गिक हिंसा रोक्न राष्ट्रिय सभामा सङ्कल्प प्रस्ताव दर्ता (प्रस्तावसहित)
सारांश
- सूचना प्रविधिको बढ्दो प्रयोगसँगै मौलाएको प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा सङ्कल्प प्रस्ताव दर्ता भएको छ।
- यस प्रस्तावमा प्रविधिको माध्यमबाट हुने हिंसा रोक्न आवश्यक नीतिगत, कानुनी र संस्थागत व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।
- डीपफेक, आर्टिफिसियल इन्टेलिजेन्सको दुरुपयोग, साइबर स्टकिङ जस्ता हिंसाले किशोरी र महिलाहरूको नेतृत्व विकास र सार्वजनिक जीवनमा सक्रियतालाई प्रतिकूल प्रभाव पारेको प्रस्तावमा उल्लेख छ।
काठमाडौँ । सूचना प्रविधिको बढ्दो प्रयोगसँगै मौलाएको ‘प्रविधिजन्य लैङ्गिक हिंसा’लाई नियन्त्रण गर्न र पीडितलाई न्याय सुनिश्चित गर्न राष्ट्रिय सभामा सङ्कल्प प्रस्ताव दर्ता भएको छ।
सङ्घीय संसद् सचिवालयमा मङ्गलबार दर्ता भएको यस प्रस्तावमा प्रविधिको माध्यमबाट हुने हिंसा रोक्न आवश्यक नीतिगत, कानुनी र संस्थागत व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।
सांसद रेनु चन्द प्रस्तावक तथा पदम बहादुर परियार, रोशनी मेचे समर्थक रहेर सङ्कल्प प्रस्ताव दर्ता गरिएको हो।
सङ्कल्प प्रस्तावमा पछिल्लो समय सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत हुने हिंसाका नयाँ स्वरूपहरू प्रति चिन्ता व्यक्त गरिएको छ।
डीपफेक, आर्टिफिसियल इन्टेलिजेन्सको दुरुपयोग, साइबर स्टकिङ, डेटा दुरुपयोग, र अनलाइनमार्फत हुने यौनिक हिंसाले किशोरी र महिलाहरूको नेतृत्व विकास र सार्वजनिक जीवनमा सक्रियतालाई प्रतिकूल प्रभाव पारेको प्रस्तावमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामी पुर्जीको आधारमा ११ स्वास्थ्य संस्थाबाट सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन उपलब्ध हुने
-
बैंकिङ कसूर र चेक अनादरका १४ मुद्दामा फरार व्यक्ति पक्राउ
-
महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण