गर्मीले विद्यालय बन्द, विद्यार्थीको घर–घरमै पुग्छन् शिक्षक
हेटाैँडा । गर्मीका कारण नेपाल पुलिस स्कुल शान्तिपुर चितवन बन्द भएको छ । बढ्दो गर्मीका कारण पुलिस स्कुल शान्तिपुरमा बिदा दिइएको हो ।
अत्यधिक गर्मी बढेसँगै दैनिक पठनपाठन सञ्चालन गर्न कठिनाइ भएर विद्यालयले गर्मी बिदा दिएको हो । शनिबार र आइतबारको छुट्टी समेत गरी गर्मी बिदामा विद्यार्थीहरू ९ दिन बिदा दिइएको हो ।
विद्यालय बिदा भएपछि विद्यार्थी आ–आफ्नो घरमा बसेर गृहकार्य तथा अध्ययन कार्य गरिरहेका छन् । विद्यार्थीहरूको अध्यापन कार्यालय सघाउन पुलिस स्कुल शान्तिपुरले शिक्षकहरू विद्यार्थीहरूको घर घरमा निगरानीका लागि पठाएको छ।
विद्यार्थीहरूको घरघरमा पुगेर दैनिक गतिविधि, गृहकार्य, आचरण व्यवहार, अध्ययनको वातावरण लगायतका विषयमा जानकारी दिने गरेको छ । विद्यार्थीहरू घरमा बस्ने भएकाले शिक्षकहरूलाई विद्यार्थीहरूको घरघरमै पठाएर अध्ययन एवं गृहकार्यमा सहजीकरण गर्ने गरी स्कुले शिक्षक–शिक्षिकाहरूलाई परिचालन गरेको पुलिस स्कुल शान्तिपुरका प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए ।
उनका अनुसार कक्षा १ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई बिदाको समयमा समेत अध्ययन गतिविधिमा संलग्न गराई राख्न स्कुलले विद्यार्थीहरूलाई विभिन्न गृहकार्य, कार्यपत्र तयार गर्ने, व्यवहारिक अभ्यास गर्ने जस्ता गतिविधिमा सक्रिय गराएको छ । स्कुलले दिएको कार्य गतिविधिमा विद्यार्थीलाई सक्रिय बनाई राख्न तथा सहजीकरण गर्न विद्यार्थीको घर घरमा शिक्षकहरू परिचालन गरिएको उनले बताए ।
विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई उसको अध्ययनको अवस्था, विद्यार्थीका अभिभावकले विद्यालयसँग गर्ने गरेको गुनासो, विद्यार्थीको पढाई प्रतिको अभिरुचि लगायतका कारण विद्यार्थीहरूको समूह विभाजन सहित शिक्षक कर्मचारीहरूलाई होम भिजिटमा परिचालन गरिएको प्रहरी निरीक्षक थापाको भनाई छ ।
उनका अनुसार शिक्षकले घरमै पुगेर विद्यार्थीको अनुशासन, पठनपाठनको अवस्था, शिक्षण सिकाइमा सुधार, अभिभावकको भूमिका, घरमा विद्यार्थीको अध्ययन वातावरणको अवस्था बारेमा जानकारी लिनेछन् । विद्यालय समयमा समेत मोबाइल, ल्यापटपका साथै सामाजिक सञ्जालमा सक्रिय रहने विद्यार्थीहरूलाई अध्ययनलाई निरन्तरता दिने गतिविधिमा संलग्न गराउने शिक्षकहरू परिचालन गरिएको उनको भनाई छ ।
हाल पुलिस स्कुल शान्तिपुरमा ७०० विद्यार्थी अध्ययनरत छन् भने ३९ शिक्षक कर्मचारी कार्यरत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
-
सीमाजस्तो संवेदनशील विषयमा पनि किन रूलिङ गर्न सक्दैनन् सभामुख ?
-
विपक्षी दलहरूको बैठक सुरु
-
बिरामी पुर्जीको आधारमा ११ स्वास्थ्य संस्थाबाट सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन उपलब्ध हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण