बैंकिङ कसूर र चेक अनादरका १४ मुद्दामा फरार व्यक्ति पक्राउ
सारांश
- केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसूर र चेक अनादरका १४ मुद्दामा फरार ४७ वर्षीय राजु मिजारलाई पक्राउ गरेको छ।
- मिजारलाई काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरिएको हो, जहाँ उनीविरुद्ध १२ वटा बैंकिङ कसूर र दुई वटा चेक अनादर मुद्दामा फैसला भएको थियो।
- अदालतको फैसला अनुसार मिजारले २ करोड ५८ लाखभन्दा बढी बिगो, जरिवाना र क्षतिपूर्ति तिर्नुपर्ने तथा ९० दिन कैद सजाय तोकिएको छ।
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसूर र चेक अनादर गरी कूल १४ वटा मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ५ (साविक विष्णु गाविस वडा नम्बर ८) का ४७ वर्षीय राजु मिजार रहेका छन्। उनी काठमाडौँको धुम्बाराहीबाट पक्राउ परेका हुन्।
सीआईबीका अनुसार मिजार विरुद्ध काठमाडौँ जिल्ला अदालतले विभिन्न मितिमा १२ वटा बैंकिङ कसूर र दुई वटा चेक अनादर मुद्दामा फैसला सुनाएको थियो। ती फैसलाहरू अनुसार उनले कूल २ करोड ५८ लाख ६२ हजार ७१६ रुपैयाँ बिगो तिर्नुपर्ने देखिएको छ।
अदालतको फैसला बमोजिम उनले बिगोका अतिरिक्त ४३ लाख २३ हजार ५३४ रुपैयाँ ८० पैसा जरिवाना र १ लाख ७२ हजार ९४१ रुपैयाँ ३९ पैसा क्षतिपूर्ति समेत बुझाउनु पर्ने ब्युरोले जनाएको छ।
यसका साथै उनलाई अदालतले ९० दिनको कैद सजाय समेत तोकेको थियो। सजाय तोकिएदेखि नै फरार रहेका मिजारलाई ब्युरोबाट खटिएको विशेष टोलीले सोमबार धुम्बाराहीबाट नियन्त्रणमा लिएको हो।
ब्युरोका सह-प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काका अनुसार उनलाई प्रहरीले फैसला कार्यान्वयनको लागी काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको थियो। अदालतको आदेश अनुसार उनलाई कारागार चलान गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण