मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

बिरामी पुर्जीको आधारमा ११ स्वास्थ्य संस्थाबाट सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन उपलब्ध हुने

मङ्गलबार, २६ जेठ २०८३, १६ : ०९
मङ्गलबार, २६ जेठ २०८३

सारांश

  • क्यान्सर उपचारमा अत्यावश्यक सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन ११ वटा तोकिएका स्वास्थ्य संस्थाबाट उपलब्ध हुने भएको छ।
  • चिकित्सकको सक्कल पुर्जा लिएर बिरामीहरूले सम्बन्धित स्वास्थ्य संस्थाका सम्पर्क व्यक्तिसँग समन्वय गरी औषधि प्राप्त गर्न सक्नेछन्।
  • औषधि व्यवस्था विभागले ती स्वास्थ्य संस्थाहरूलाई औषधिको मौज्दात र वितरणको स्पष्ट अभिलेख राख्न निर्देशन दिएको छ।

काठमाडौं । औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा अत्यावश्यक मानिने केही औषधि ११ वटा तोकिएका स्वास्थ्य संस्थाबाट उपलब्ध हुने जानकारी दिएको छ।

विभागले मंगलबार सूचना जारी गर्दै क्यान्सर रोगीहरूको उपचारमा प्रयोग हुने सिस्प्लाटिन इन्जेक्सन र कार्बोप्लाटिन इन्जेक्सन लगायतका औषधि ११ वटा तोकिएका स्वास्थ्य संस्थामा उपलब्ध रहेको जनाएको हो।

औषधि आवश्यक पर्ने बिरामीहरूले चिकित्सकको सक्कल पुर्जा (विरामी पुर्जी) सहित सम्बन्धित स्वास्थ्य संस्थाका सम्पर्क व्यक्तिसँग समन्वय गरी औषधि प्राप्त गर्न सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ। साथै, ती स्वास्थ्य संस्थाहरूलाई औषधिको मौज्दात तथा वितरणको स्पष्ट अभिलेख राख्न पनि विभागले निर्देशन दिएको छ।

औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक किरणसुन्दर बज्राचार्यद्वारा हस्ताक्षरित सूचनाअनुसार देशका विभिन्न सहरस्थित स्वास्थ्य संस्था तथा फर्मामा यी औषधि उपलब्ध छन्। ती संस्थामा नेपालगञ्जस्थित जानकी अस्पताल, बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल, विराटनगरस्थित विराट मेडिकल कलेज, पोखरास्थित बबिना फर्मा र मल्ल फार्मास्युटिकल्स, धरानस्थित पुनम फार्मेसी, भरतपुरस्थित राज ड्रग प्रालि तथा काठमाडौंस्थित डिएमके फार्मास्युटिकल्स, सिजल फर्मा र अनमोल हेल्थ केयर रहेका छन्।

No description available.

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप