मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
काठमाडौँ। सिंहदरबारमा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकमा डीडीसी दुधका परिकार वितरण गरिएको छ।
बैठकमा सबै मन्त्रीका अगाडि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादन वितरण गरिएको हो।
स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले प्रधानमन्त्रीसहित मन्त्रीलाई डीडीसीका उत्पादन वितरण गरेकी हुन्।
सार्वजनिक तस्बिरमा प्रधानमन्त्री र मन्त्रीहरूलाई बाँडिएको प्याकेटमा डीडीसीबाट उत्पादित दुध, केशर दुध, बटर, चिज, दही र पेँडा देख्न सकिन्छ।
स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले विशेष अग्रसरता देखाएको छ। मन्त्रिपरिषद्को आजको बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरूको देशव्यापी प्रवद्र्धन तथा बजार विस्तार गर्ने विषयमा गहन छलफल भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महावीरले तोके आफ्नो कार्यकाल
-
मन्त्रिपरिषद् पुनर्गठन : कसको वरीयता कति ?
-
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
-
विप्रेषण आप्रवाहमा ४१ प्रतिशतको ऐतिहासिक छलाङ, १० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
बागमती कप टी–२० को उपाधि चितवनलाई, काठमाडौँ सुपरओभरमा पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण