औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
सारांश
- औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले देशभरका औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरूलाई लामो समयदेखिको भाडा र महसुल नतिरेको भन्दै ७ दिने अल्टिमेटम दिएको छ ।
- तोकिएको समयभित्र बक्यौता नबुझाए कानुनबमोजिम कारबाही गरी रकम असुलउपर गर्ने लिमिटेडले चेतावनी दिएको छ ।
- समयमै रकम नउठ्दा पूर्वाधार निर्माण, मर्मत सम्भार र सेवा सुविधामा कठिनाइ उत्पन्न भएको लिमिटेडले जनाएको छ ।
काठमाडौँ । देशभरका विभिन्न औद्योगिक क्षेत्रमा सञ्चालित सयौं उद्योगहरूले लामो समयदेखिको भाडा र महसुल नतिरेपछि ‘औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड’ले बक्यौता रकम बुझाउन ७ दिने अल्टिमेटम दिएको छ ।
लिमिटेडले एक सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र बक्यौता राफसाफ नगरे कानुनबमोजिम कारबाही गरी रकम असुलउपर गर्ने चेतावनी दिएको हो ।
लिमिटेडको केन्द्रीय कार्यालय बालाजुले जारी गरेको सूचनाअनुसार औद्योगिक क्षेत्रभित्र सम्झौता गरी सञ्चालनमा रहेका उद्योगहरूले कार्यालयबाट उपलब्ध गराइएको जमिन, भवन, विद्युत् र पानीलगायत सेवा प्रयोग गरेबापतको महसुल नियमित रूपमा बुझाएका छैनन् ।
पटक–पटक पत्राचार तथा ताकेता गर्दा समेत अटेर गरी बक्यौता नबुझाएपछि बाध्य भएर सार्वजनिक सूचना निकाल्नुपरेको लिमिटेडले जनाएको छ ।
समयमै रकम नउठ्दा औद्योगिक क्षेत्रका पूर्वाधार निर्माण, मर्मत सम्भार र उद्योगहरूलाई प्रदान गरिने सेवा सुविधामा गम्भीर कठिनाइ उत्पन्न भएको सूचनामा उल्लेख छ । लिमिटेडले २०८३ वैशाख मसान्तसम्मको कुल बक्यौता रकमसहित सयौं उद्योगहरूको नाम सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
-
अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि...
-
स्वास्थ्य मन्त्री र अमेरिकी कार्यवाहक राजदूतबिच शिष्टाचार भेटवार्ता
-
प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाएसम्म विपक्षीले सदन चल्न नदिने
-
पीपीएपछि काम नगर्ने जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस
-
एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण