मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित

मङ्गलबार, २६ जेठ २०८३, १६ : ३३
मङ्गलबार, २६ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको अधिवेशनमा प्रतिनिधि निर्धारणमा समस्या आएपछि निर्वाचन कार्यतालिका प्रभावित भएको छ ।
  • प्रतिनिधिहरूको नामावली रुजु गरी त्रुटि हटाउन समय लागेको निर्वाचन समितिले जनाएको छ ।
  • निर्वाचन समितिले कार्यतालिका परिमार्जन गरी छिट्टै मनोनयन दर्ताको कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

हेटौँडा । रास्वपा बागमती प्रदेशको अधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका प्रभावित हुने भएको छ ।अधिवेशन अन्तर्गत प्रतिनिधि निर्धारणमा समस्या हुँदा निर्वाचन कार्यतालिका प्रभावित भएको हो ।

अधिवेशन अन्तर्गत निर्वाचन समितिले दिउँसो १:१५ देखि २:४५ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका निर्धारण गरिएको थियो भने ४:३० देखि ४:४५ सम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यसूची रहेपनि प्रतिनिधि तय हुन नसक्दा कार्यतालिका प्रभावित भएको हो । 

पालिका र जिल्लाबाट प्राप्त प्रतिनिधिहरूको नामावली रुजु गरी, केही त्रुटिहरू हटाउन समय लागेको निर्वाचन समितिले जनाएको छ ।

समितिका संयोजक मधु चौलागाईंका अनुसार प्रतिनिधि निर्धारण अन्तिम चरणमा रहेको र छिट्टै मनोनयन दर्ताको कार्यक्रम सञ्चालन हुनेछ । निर्वाचन कार्यतालिका परिमार्जन गरी कार्यक्रम अघि बढाइने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप