मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
सपथ

गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु

मङ्गलबार, २६ जेठ २०८३, १६ : ४९
मङ्गलबार, २६ जेठ २०८३

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको सपथ ग्रहण सुरु भएको छ । 

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनियताको सपथ खुवाउने छन् । गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा–१ र पुन स्वतन्त्र उम्मेदवार भई म्याग्दीबाट निर्वाचित सांसद हुन् । 

उनीहरू दुवै जनाको सरकारमा दोस्रो इन्ट्री हुनेछ । 

गुरुङ गत चैत १३ गते गृहमन्त्री नियुक्त भएका थिए । वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए । पुन भने जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप