इरानमा युद्धविराम सम्झौताको आशासँगै ओर्लियो तेलको भाउ
सारांश
- इजरायल र इरानबीचको तनाव कम भएसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ ।
- ब्रेन्ट क्रुड र वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) दुवैको भाउमा गिरावट आएको छ ।
- अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग छिट्टै सम्झौता हुने र स्ट्रेट अफ होर्मुज सञ्चालनमा आउने बताएका छन् ।
न्युयोर्क । इजरायल र इरानबिच हालैको तनाव कम हुँदै गएको तथा सम्भावित शान्ति सम्झौताप्रति बजार आशावादी बनेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ ।
मंगलबारको कारोबारमा विश्वव्यापी तेलको प्रमुख मापदण्ड ब्रेन्ट क्रुडको मूल्य करिब २ प्रतिशतले घटेर प्रतिब्यारेल ९२ डलर ४० सेन्टमा पुगेको छ । त्यसैगरी अमेरिकी मापदण्ड वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ पनि २ दशमलव ४१ प्रतिशतले घटेर प्रतिब्यारेल ८९ डलर १० सेन्टमा झरेको छ ।
इजरायल र इरानले हालका दिनमा भएको मिसाइल आक्रमणपछि पुनः युद्धविराम कायम गरेको समाचार आएसँगै तेलको मूल्य घटेको हो । ऊर्जा बजारमा सकारात्मक संकेत देखिनुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिका र इरानबिच केही दिनमै सम्झौता हुन सक्ने दाबी पनि हो ।
ट्रम्पले सम्भावित सम्झौतापछि विश्व व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण स्ट्रेट अफ होर्मुज तत्काल पुनः पूर्ण रूपमा सञ्चालनमा आउने बताएका छन् । यद्यपि विश्लेषकहरूले इरानसँग उक्त समुद्री मार्गमा प्रभाव पार्ने क्षमता भविष्यमा पनि रहिरहने भनेका छन् ।
तेलको मूल्य घटेसँगै एसियाली सेयर बजारहरू मंगलबार बढेका छन् । सोमबार भने यस क्षेत्रका अधिकांश सेयर बजार ओरालो लागेका थिए । युरोपका प्रमुख सेयर सूचकाङ्कहरू हरियालीमा रहँदा अमेरिकामा दाउ जोन्स, नास्डाक र एसएन्डपी ५०० बढेर खुल्ने परिसचूकका फ्युचर्सहरूले संकेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
-
पूर्वी रुकुमबाहेक रास्वपा लुम्बिनीका सबै जिल्लामा अधिवेशन सम्पन्न
-
छानबिन प्रतिवेदन र सुधनको पुनरागमनले स्थापित गरेका चार गलत नजिर
-
मन्त्री पुनले गरे पदभार ग्रहण
-
शोधनान्तर स्थिति साढे ८ खर्ब र चालु खाता झण्डै ८ खर्बले बचतमा
-
महावीरले तोके आफ्नो कार्यकाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण