मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

हरिवंश  र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’

मङ्गलबार, २६ जेठ २०८३, १७ : ५७
मङ्गलबार, २६ जेठ २०८३

सारांश

  • अभिनेता हरिवंश आचार्य र आना शर्मा क्रमशः उत्कृष्ट अभिनेता र अभिनेत्री घोषित भएका छन् ।
  • चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन) ले घोषणा गरेको ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ मा ‘भूठान’ फिल्मबाट हरिवंश र ‘रमिताको पिरति’बाट आना उत्कृष्ट छानिएका हुन् ।
  • ‘ऊनको स्वीटर’ उत्कृष्ट फिल्म घोषित भएको छ भने सुरज कटुवाल उत्कृष्ट पटकथा, सुशन प्रजापति उत्कृष्ट छायाङ्कन तथा अञ्जय खड्का उत्कृष्ट सम्पादक र कोबिद बज्र उत्कृष्ट पार्श्व संगीतमा छानिएका छन् ।

काठमाडौं । अभिनेता हरिवंश आचार्य उत्कृष्ट अभिनेता र आना शर्मा उत्कृष्ट अभिनेत्री घोषित भएका छन् ।

चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन) ले घोषणा गरेको ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’मा ‘भूठान’ फिल्मबाट हरिवंश र ‘रमिताको पिरति’का कारण आना छानिएका हुन् ।

अवार्डमा उत्कृष्ट फिल्म ‘ऊनको स्वीटर’ भयो । फिक्सनले २०८२ सालभरि प्रदर्शनमा आएका नेपाली फिल्मको अध्ययन, प्राविधिक विश्लेषण तथा वस्तुनिष्ठ मूल्यांकनका आधारमा उत्कृष्ट स्रष्टा र फिल्म छानेको हो ।

समाजले मंगलबार एक प्रेस विज्ञप्तीमार्फत सुरज कटुवाल उत्कृष्ट पटकथा, सुशन प्रजापति उत्कृष्ट छायाङ्कन तथा अञ्जय खड्का उत्कृष्ट सम्पाद, कोबिद बज्र उत्कृष्ट पार्श्व संगीतमा छानिएको बताएको छ । फिक्सनले नेपाली फिल्मको गुणात्मक विकास, मौलिकता र समीक्षात्मक चेतनालाई प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०१४ देखि ‘क्रिटिक्स फिल्म अवार्ड’ प्रदान गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप