हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
सारांश
- अभिनेता हरिवंश आचार्य र आना शर्मा क्रमशः उत्कृष्ट अभिनेता र अभिनेत्री घोषित भएका छन् ।
- चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन) ले घोषणा गरेको ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ मा ‘भूठान’ फिल्मबाट हरिवंश र ‘रमिताको पिरति’बाट आना उत्कृष्ट छानिएका हुन् ।
- ‘ऊनको स्वीटर’ उत्कृष्ट फिल्म घोषित भएको छ भने सुरज कटुवाल उत्कृष्ट पटकथा, सुशन प्रजापति उत्कृष्ट छायाङ्कन तथा अञ्जय खड्का उत्कृष्ट सम्पादक र कोबिद बज्र उत्कृष्ट पार्श्व संगीतमा छानिएका छन् ।
काठमाडौं । अभिनेता हरिवंश आचार्य उत्कृष्ट अभिनेता र आना शर्मा उत्कृष्ट अभिनेत्री घोषित भएका छन् ।
चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन) ले घोषणा गरेको ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’मा ‘भूठान’ फिल्मबाट हरिवंश र ‘रमिताको पिरति’का कारण आना छानिएका हुन् ।
अवार्डमा उत्कृष्ट फिल्म ‘ऊनको स्वीटर’ भयो । फिक्सनले २०८२ सालभरि प्रदर्शनमा आएका नेपाली फिल्मको अध्ययन, प्राविधिक विश्लेषण तथा वस्तुनिष्ठ मूल्यांकनका आधारमा उत्कृष्ट स्रष्टा र फिल्म छानेको हो ।
समाजले मंगलबार एक प्रेस विज्ञप्तीमार्फत सुरज कटुवाल उत्कृष्ट पटकथा, सुशन प्रजापति उत्कृष्ट छायाङ्कन तथा अञ्जय खड्का उत्कृष्ट सम्पाद, कोबिद बज्र उत्कृष्ट पार्श्व संगीतमा छानिएको बताएको छ । फिक्सनले नेपाली फिल्मको गुणात्मक विकास, मौलिकता र समीक्षात्मक चेतनालाई प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०१४ देखि ‘क्रिटिक्स फिल्म अवार्ड’ प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
-
पूर्वी रुकुमबाहेक रास्वपा लुम्बिनीका सबै जिल्लामा अधिवेशन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण