बागमती कप टी–२० को उपाधि चितवनलाई, काठमाडौँ सुपरओभरमा पराजित
हेटौँडा । बागमती कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि चितवनले जितेको छ। मंगलबार हेटौँडा–६ स्थित गौरिटार रङ्गशालाको क्रिकेट मैदानमा भएको फाइनल खेलमा चितवनले सुपरओभरमा काठमाडौँलाई पराजित गरेको हो ।
सुपरओभरमा ११ रनको लक्ष्य पाएको चितवनले ४ बलमै जित निकालेको हो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको काठमाडौँले १० रन मात्रै जोड्न सफल भएको थियो ।
सुपरओभरमा काठमाडौँका कप्तान रित गौतम शून्यमा आउट हुँदा सोनु देवकोटाले ९ रन र रन्भिर यादवले १ रन जोडे ।
चितवनका दिपेश श्रेष्ठले बल फालेका थिए । चितवनका रोशन झाले दयानन्द मण्डलको ४ बलमा एक छक्काको मद्दतले ११ रन जोड्दै टिमलाई जित दिलाए । यसअघि चितवनले दिएको ९० रनको लक्ष्य पछ्याएको काठमाडौँले ८९ रन मात्रै बनाउन सकेपछि खेलमा बराबरी भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित १० ओभरमा ६ विकेट गुमाएर ८९ रन बनाएको थियो ।चितवनका सूर्यान्सु कोइरालाले ३३ रन र पवन बहादुर थापाले २५ रन बनाए । काठमाडौँका सन्दिप पराजुलीले २ विकेट लिँदा नितेश कुमार, मनसून सिंह र सोनु देवकोटाले एक एक विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको चितवनले पनि निर्धारित १० ओभरमा ६ विकेट गुमाएर ८९ रन मात्रै बनाएपछि खेलमा बराबरी भएको थियो । काठमाडौँका कप्तान रित गौतमले सर्वाधिक ४४ रन र नितेश कुमार १६ रन बनाए ।
काठमाडौँका अन्य ब्याटरहरूले दोहोरो अङ्कमा भने रन जोडन सकेनन् । चितवनका दिपेश श्रेष्ठले २ विकेट, क्रिजन गुरुङ, प्रतिक श्रेष्ठ र मनिष पुनले एक एक विकेट लिए । फाइनल खेलमा चितवनका सूर्यान्सु कोइराला प्लेयर अफ द म्याच भए।
प्रतियोगिताको विजेता र उपविजेताले ट्रफी र मेडेल प्राप्त गरेका छन् । व्यक्तिगत विद्यातर्फ काठमाडौँका रित गौतम उत्कृष्ट ब्याटर र सन्दिप पराजुली उत्कृष्ट बलर र चितवनका सन्देश सुवेदी उद्यमान खेलाडी घोषित भए ।
प्रतियोगिताका उत्कृष्ट बलर, ब्याटर र उद्यमान खेलाडीले जनही १०–१० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भक्तपुरका क्रिश कार्कीले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
गौरीटार क्रिकेट मैदान उद्घाटनको अवसरमा बागमती प्रदेश खेलकुद विकास परिषद् र मकवानपुर क्रिकेट संघको संयुक्त आयोजनामा प्रतियोगिता भएको थियो।
प्रतियोगितामा मकवानपुर, चितवन, काठमाडौँ, भक्तपुर, ललितपुर र नुवाकोट गरी बागमती प्रदेशका ६ वटा जिल्लाको सहभागिता रहेको थियो।
चितवन समूह विजेता र काठमाडौँ उपविजेता बन्दै फाइनलमा पुगेको थियो । जेठ १७ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
-
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने
-
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
-
अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण