मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

विप्रेषण आप्रवाहमा ४१ प्रतिशतको ऐतिहासिक छलाङ, १० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स

मङ्गलबार, २६ जेठ २०८३, १८ : ०८
मङ्गलबार, २६ जेठ २०८३

काठमाडौँ । वैदेशिक रोजगारीमा गएका नेपालीहरूले पठाउने विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दश महिना (साउनदेखि वैशाखसम्म) मा रेमिट्यान्स आप्रवाह ४१.२ प्रतिशतले बढेर १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३.३ प्रतिशतले मात्र बढेको थियो ।

अमेरिकी डलरमा पनि रेमिट्यान्स आप्रवाह ३३.० प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड डलर पुगेको छ । समीक्षा अवधिमा वैशाख महिनामा मात्रै २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। अघिल्लो वर्षको वैशाख महिनामा १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ मात्र भित्रिएको थियो।

रेमिट्यान्स बढ्नुमा वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सङ्ख्या निरन्तर रहनु र हुन्डी जस्ता अवैध कारोबार कम भई बैंकिङ च्यानलबाट रकम आउनुलाई प्रमुख कारण मानिएको छ। 

दश महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३ लाख ३५ हजार ५१० रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख २६ हजार ३६४ रहेको छ । खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि बढेर २० खर्ब ९१ अर्ब ८६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप