विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
सारांश
- नेपाल राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ, जुन ३८.३ प्रतिशतले वृद्धि हो ।
- अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २४.० प्रतिशतले बढेर २४ अर्ब १९ करोड डलर पुगेको छ ।
- यो सञ्चितिले १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।
काठमाडौँ । देशको ढुकुटीमा रहेको विदेशी विनिमय सञ्चितिले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो दश महिनाको तथ्याङ्कअनुसार कुल विदेशी विनिमय सञ्चिति ३८.३ प्रतिशतले वृद्धि भई ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ मात्र रहेको थियो।
अमेरिकी डलरमा हेर्दा पनि सञ्चिति २४.० प्रतिशतले बढेर २४ अर्ब १९ करोड डलर पुगेको छ। कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा ३२ खर्ब ९८ अर्ब ३८ करोड र अन्य बैंक तथा वित्तीय संस्थाहरूमा ४ खर्ब ६ अर्ब १७ करोड रुपैयाँ रहेको छ । कुल सञ्चितिमा भारतीय मुद्राको अंश २०.६ प्रतिशत रहेको छ।
विदेशी मुद्राको यो सञ्चिति देशको अर्थतन्त्रका लागि निकै सुविधाजनक अवस्था हो । चालु आर्थिक वर्षको दश महिनासम्मको आयात दरलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको यो सञ्चितिले २२.६ महिनाको वस्तु आयात र १९.२ महिनाको वस्तु तथा सेवा दुवैको आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ।
वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपात ६०.७ प्रतिशत पुगेको छ, जसले देशको बाह्य क्षेत्र अत्यन्तै सबल अवस्थामा रहेको पुष्टि गर्दछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण