पूर्वी रुकुमबाहेक रास्वपा लुम्बिनीका सबै जिल्लामा अधिवेशन सम्पन्न
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशअन्तर्गत पूर्वी रुकुम बाहेक ११ जिल्लामा प्रथम जिल्ला अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ। पार्टीले अब जेठ ३० गते दाङमा हुने प्रदेश अधिवेशनको तयारीलाई तीव्र बनाएको जनाएको छ।
रास्वपा लुम्बिनी प्रदेशका उपसभापति सालिकराम घिमिरेका अनुसार पूर्वी रुकुममा केन्द्रले तय गरेको सङ्गठनात्मक मापदण्डअनुसार केही प्रक्रिया पूरा गर्न बाँकी रहेकाले त्यहाँको अधिवेशन केही समयपछि गरिनेछ। अन्य ११ जिल्लामा नयाँ नेतृत्व चयन भइसकेकाले प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको उनले बताए।
प्रदेश अधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति खटिनेछ भने दुई जना केन्द्रीय प्रतिनिधिसमेत सहभागी हुनेछन्। रास्वपाका केन्द्रीय सङ्गठन विभाग सदस्य गोपाल घिमिरेले पाल्पा, नवलपरासी र रोल्पामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको जानकारी दिए। नवलपरासीमा रवि पाण्डे, पाल्पामा विष्णु भण्डारी र रोल्पामा बलराम थापा सर्वसम्मत रूपमा सभापतिमा चयन भएका छन्।
अन्य जिल्लामा भने मतदानमार्फत नेतृत्व चयन गरिएको छ। रुपन्देहीमा महेन्द्र उपाध्याय, अर्घाखाँचीमा सीता पराजुली, गुल्मीमा हरि श्रेष्ठ, कपिलवस्तुमा शिवकुमार सुवेदी, दाङमा किरण खनाल, बाँकेमा विवेककुमार श्रेष्ठ, बर्दियामा शान्ता बुढा क्षेत्री तथा प्युठानमा विकास पोखरेल जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।
केन्द्रीय सङ्गठन विभाग सदस्य घिमिरेले जिल्लाहरूमा सकेसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिए पनि सम्भव नभएका स्थानमा लोकतान्त्रिक प्रक्रियाअनुसार मतदानबाट नेतृत्व चयन गरिएको बताए। उनका अनुसार अधिकांश जिल्लामा प्रतिस्पर्धात्मक निर्वाचनमार्फत नयाँ नेतृत्व चयन भएको छ।
रास्वपाले जिल्ला अधिवेशनहरू सफलतापूर्वक सम्पन्न भएपछि अब प्रदेश अधिवेशनमार्फत लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको प्रस्टाए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारत सम्बन्ध ‘रिसेट’
-
परराष्ट्रमन्त्री खनालको चीन भ्रमण : ‘सन्तुलित कूटनीति’ मुख्य एजेण्डा
-
अबदेखि मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा उपत्यका बाहिर
-
अध्यादेशबाट पदाधिकारी हटाउने विवाद सम्बन्धी मुद्दा : सर्वोच्च बार र नेपाल बारबाट ८ जना 'एमिकस क्युरी' पठाइयो
-
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण