मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ

मङ्गलबार, २६ जेठ २०८३, १८ : ४०
मङ्गलबार, २६ जेठ २०८३

काठमाडौँ। गृहमन्त्रीमा पुनर्बहाली भएसँगै मंगलबार शपथ लिएका सुधन गुरुङ पदभार सम्हाल्न गृह मन्त्रालय पुगेका छन्। राष्ट्रपति भवनबाट गुरुङ आफैँ गाडी हाँकेर सिंहदरबार स्थित गृह मन्त्रालयमा पुगेका हुन् । 

मन्त्रालयमा उनलाई गृह सचिव राजकुमार श्रेष्ठ र सुरक्षा प्रमुखहरूले स्वागत गरेका छन्।

सम्पत्ति शुद्धीकरणको थुनामा रहेका व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर किनेको विषयमा प्रश्न उठेपछि उनले यसअघिको मन्त्री पदबाट राजीनामा दिएका थिए।

प्रश्न उठेको ४८ दिनपछि उनी पुनर्बहाली भएका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप