मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा

मङ्गलबार, २६ जेठ २०८३, १८ : ५१
मङ्गलबार, २६ जेठ २०८३

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको सभापतिमा ३ जना आकाङ्क्षी देखिएका छन्। मंगलबार हेटौँडामा जारी प्रथम अधिवेशनमा निवर्तमान प्रदेश सभापति एवम् सङ्घीय सांसद अच्युतम लामिछाने र बदन भण्डारीसम्मले आकांक्षा देखाएका छन् । उनीहरूसहित रास्वपा बागमतीका निवर्तमान प्रवक्ता उत्सव अर्यालले पनि प्रतिस्पर्धामा छन् 

सांसद लामिछाने र भण्डारीसहित मकवानपुरका अर्यालले सभापति पदको चुनावी अभियानमा जुटेका हुन् । लामिछाने नुवाकोटबाट निर्वाचित सांसद समेत हुन् भने भण्डारी काभ्रेबाट निर्वाचित सांसद हुन् ।

सभापतिसहित अन्य पदाधिकारी र सदस्यहरूको लागि समेत निर्वाचन प्रक्रिया अघि बढाइएको छ । यसअघि सार्वजनिक गरिएको निर्वाचन कार्यतालिका संशोधन गरी साँझ ७ बजेसम्म प्रचार प्रसारको समय निर्धारण गरिएको छ । 

रास्वपाको विधानअनुसार बागमती प्रदेशमा ६५ सदस्यीय प्रदेश समिति गठन हुनेछ। समितिमा एक जना सभापति, उपसभापति र महामन्त्री रहने व्यवस्था छ भने दुई जना सहमहामन्त्री रहनेछन्।

सहमहामन्त्रीमध्ये एक महिला र एक पुरुष अनिवार्य हुनुपर्ने प्रावधान राखिएको छ।त्यसैगरी कोषाध्यक्ष र प्रवक्तासहित पदाधिकारी चयन गरिनेछ। विधानअनुसार निर्वाचन भएमा दुई चरणमा मतदान हुनेछ।

पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको निर्वाचन हुनेछ भने निर्वाचित सदस्यहरू मध्येबाट दोस्रो चरणमा पदाधिकारी चयन गरिने व्यवस्था छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप