मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ

मङ्गलबार, २६ जेठ २०८३, १९ : ०७
मङ्गलबार, २६ जेठ २०८३

सारांश

  • रोजगारीको प्रलोभन देखाएर भारतमा बन्धक बनाइएका थप १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • यसअघि ४५३ जना नागरिकलाई उद्धार गरी नेपाल फर्काइएको थियो ।
  • ठगीमा संलग्न १२ जनालाई कञ्चनपुरको गड्डाचौकीबाट नेपाल प्रवेश गर्ने क्रममा पक्राउ गरिएको हो ।

काठमाडौँ । रोजगारीको अवसर दिने बहानामा नेपाली नागरिकहरूलाई झुटा आश्वासन दिएर भारतमा बन्धक बनाएको घटनामा संलग्न थप १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतीय प्रहरी, भारतस्थित नेपाली राजदूतावास र किन इन्डियासँगको समन्वयमा कञ्चनपुरको गड्डाचौकी हुँदै १२ जनालाई नेपाल ल्याएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी पदम विष्टले रातोपाटीलाई बताए । 

यसअघि झुटा आश्वासन दिएर भारतमा बन्धक बनाएका ४५३ जना नागरिकलाई उद्धार गरेर नेपाल फर्काइएको थियो । उत्तर प्रदेशको कुशीनगरमा लगेर बन्धक बनाउने काममा नेपालीहरूको पनि संलग्नता देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । 

ठगीमा संलग्न नेपाली आरोपीहरूलाई लिएर नेपाली राजदूतावासमा कार्यरत एसएसपी प्रकाश मल्ल पनि आज धनगढी पुगेका थिए । भारतीय प्रहरीको समन्वयमा कुशीनगरमा उद्धार सुरु गरिएपछि नेपालबाट रोजगारीको प्रलोभन दिएर लैजाने १२ जना भाग्दै गड्डाचौकीबाट नेपाल प्रवेश गर्न खोजेका थिए । नेपाल प्रवेश गर्न लाग्दा उनीहरू पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा गुल्मी घर भएका विक्रम परियार, सप्तरीका राम बालक मण्डल, काभ्रेका सुधन घिमिरे, अर्घाखाँचीका पंकज विश्वकर्मा, काभ्रेकी रिता भुजेल, ओखलढुङ्गाका धिरज सुनुवार, पर्वतका दिनेश काफ्ले, मकवानपुरका प्रकाश अर्याल, पाल्वाका सुरज गोतामे, रुपन्देहीका सागर बिक र काभ्रेका दिपेश तामाङ सिङतान छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप