गृहमा सुधनकाे इन्ट्री
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ताकाे विषयमा अध्ययन गरिने
मङ्गलबार, २६ जेठ २०८३, १९ : १४
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले २०५८ सालको दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय गरेका छन् ।
मंगलबार गृहमन्त्रीको पदभार ग्रहण गर्दै उनले यस्तो निर्णय गरेका उनको सचिवालयले जनाएको छ ।
२०५८ जेठ १९ मा भएको दरबार हत्याकाण्डबारे हालसम्म प्राप्त प्रतिवेदनहरू अध्ययन गरेर थप अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरिएको गृहमन्त्री गुरुङले जानकारी गराए।
गृहमन्त्री गुरुङले भने,‘वि.सं. २०५८ जेठ १९ गते भएको नारायहिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने।’
यस्तै जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णयसमेत गरेका छन् । छानबिनमा रहेका हरेक फाइल खोल्ने निर्णयसमेत उनले गरेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण