अबदेखि मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा उपत्यका बाहिर
सारांश
- नेपाल मेडिकल काउन्सिलले आगामी आर्थिक वर्षदेखि चिकित्सक लाइसेन्स परीक्षा काठमाडौँ उपत्यकाबाहिर पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।
- उपत्यका बाहिर परीक्षा सञ्चालनका लागि अध्ययन कार्यदल गठन हुनेछ ।
- यस्तै बैठकले अवैध चिकित्सकीय अभ्यास नियन्त्रण कार्यविधि २०८३ लाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले आगामी आर्थिक वर्षदेखि लाइसेन्स परीक्षा काठमाडौँ उपत्यकाबाहिर पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।
काउन्सिलको बैठकले अबदेखि चिकित्सक लाइसेन्स परीक्षा उपत्यकाबाहिर सञ्चालन गर्ने निर्णय गरेको हो । नेपाल मेडिकल काउन्सिलका निर्वाचित सदस्य रविन बस्नेतका अनुसार उपत्यका बाहिर परीक्षा सञ्चालनका लागि अध्ययन कार्यदल गठन हुनेछ ।
डा.बस्नेतले भने, ‘अहिले काठमाडौँ उपत्यकामा मात्रै लाइसेन्स परीक्षा हुँदै आएको छ । मेडिकल काउन्सिलको एमबिबिएस र एमडिको लाइसेन्स परीक्षा अबदेखि उपत्यकाबाहिर हुनेछ । परीक्षालाई व्यवस्थित गर्न र उपत्यका बाहिर सञ्चालनका लागि कार्यदल अध्ययन गठन हुनेछ । कार्यदलको सुझावका आधारमा हामी अघि बढ्नेछौँ ।’
यस्तै बैठकले अवैध चिकित्सकीय अभ्यास नियन्त्रण कार्यविधि २०८३ लाई सैद्धान्तिक स्वीकृति प्रदान गरी कानुनी परामर्शपछि अन्तिम रूप दिई मन्त्रालयमा पठाउने निर्णय गरेको छ । काउन्सिलको आधिकारिक वेबसाइटमा चिकित्सकहरूको शैक्षिक योग्यता तथा डिग्री अद्यावधिक गर्ने कार्य यथाशीघ्र सुरु गर्ने काउन्सिलको निर्णयमा उल्लेख छ ।
काउन्सिलको पूर्ण बैठक गत जेठ १८ गते बसे पनि निर्णय आज मंगलबार सार्वजनिक गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण